-सांकेतिक तस्विर

सवारी दुर्घटनामा परि प्रदेश ५ मा  ४ सय ९६ जनाले ज्यान गुमाए

Hollywood Khabar May 18,2019 Comments

५ जेठ,बर्दिया।सवारी दुर्घटनामा परि प्रदेश ५ मा  ४ सय ९६ जनाले ज्यान गुमाएका छन्। प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय, बुटवलले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म नौ महिनाको अवधिमा ४ सय ९६ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएको जानकारी दिएको हो।प्रहरीक अनुसार प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा ९ महिनामा १ सय ३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ८४ पुरुष, ९ महिला छन् ।रुपन्देहीमा भएको सवारी दुर्घटनामा परी ७ बालक र ३ बालिकाको पनि ज्यान गएको छ । दुर्घटनामा १ सय ५९ जना गम्भीर घाइते भएका छन्।

प्रदेश ५ का बढी दुर्घटना हुने जिल्लाको दोस्रो नम्बरमा दाङ छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार, दाङका विभिन्न स्थानमा पछिल्लो नौ महिनामा भएको दुर्घटनामा ९२ जनाको मृत्यु भएको छ । १ सय ९४ जना गम्भीर घाइते छन् ।तेस्तै नवलपरासीमा ५७ जनाको विभिन्न दुर्घटनामा परी ज्यान गएको छभने बर्दियामा २८, गुल्मीमा १५ को ज्यान गएको छ भने रोल्पामा १४ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, रोल्पाका विभिन्न स्थानमा भएको दुर्घटनाको क्रममा २० जना गम्भीर घाइते भएका छन । प्यूठानमा पनि पछिल्ला महिनामा विभिन्न दुर्घटना भए । दुर्घटनाका क्रममा १३ को मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वी रुकुम सवारी दुर्घटना हुने प्रदेश ५ का जिल्लाको एघारौं नम्बरमा रहेको छ ।रुकुममा  १२ जनाको ज्यान गएको छभने कम दुर्घटनाभएको जिल्लामा अर्घाखाची रहेको छ ।