-तस्विर वेब

साव इन्टर्नेशनल ह्युमन रिसोर्समा छापा:प्रवन्ध निर्देशक पतेनीभाट प्रहरी नियन्त्रणमा

Hollywood Khabar December 08,2018 Comments

२३ मंसीर काठमाडौं।वैदेशिक रोजगार व्यवसायी गणेशबहादुर पतेतीभाटलाई प्रहरीले पक्राउ गरेको छ।बैदेशिक रोजगार विभागको अनुगमन टोलीले पतेनीभाटलाई सेवाग्राहीबाट ३ लाख ३५ हजार रुपैयाँ असुल्ने क्रममा पक्राउ गरेको हो।बैदेशिक रोजगार विभागका प्रवक्ता भोलानाथ गुरागाईले बन्सुन्धरास्थित साव इन्टर्नेशनल ह्युमन रिसोर्समा छापा हानी प्रवन्ध निर्देशक पतेनीभाटलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिए। 

विभागका शाखा अधिकृत हरिकृष्ण बुढाथोकीको नेतृत्वमा गएको विभागको तीन जनाको टोलीले युएइको अल जाफेर कम्पनीमा पीएसबिडी सेक्युरिटी गार्डको लागि पठाउने भन्दै तनहुँका कृष्ण सुवेदीबाट ३ लाख ३५ हजार रुपैयाँ लिने क्रममा नियन्त्रणमा हो। प्रवक्ता गुरागाईका अनुसार उजुरी आएपछि छापा हानिएको हो।