-तनहुँको सत्यवती माध्यमिक विद्यालयका क्याडेटहरु

प्लाटुन एनसीसी सिनियर डिभिजनको वार्षिक क्याम्पमा तनहुँको सत्यवती उत्कृष्ट 

Hollywood Khabar February 14,2019 Comments

३ फागुन तनहुँ ।स्वाभिमान एवं देशभक्त युवा जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित राष्ट्रिय सेवा दलको संस्थागत तालिममा तनहुँको सत्यवती माध्यमिक विद्यालयका क्याडेटहरु राष्ट्रिय स्तरमा उत्कृष्ट भएका छन्।राष्ट्रिय सेवा दलले २०७५ भदौ ५ गतेदेखि माघ २९ गतेसम्म सञ्चालन गरेको तालिममा सहभागि सत्यवती माविका एनसीसी सिनियर डिभिजनका क्याडेटहरु प्रथम भएका हुन्।एनसीसी सिनियर डिभिजन १४औं व्याचको वार्षिक २१ दिने क्याम्पमा आयोजित विविध विधाहरुको मुल्याङ्कन गर्दा सत्यवती प्लाटुनले राष्ट्रिय स्तरमा प्रथम स्थान प्राप्त गरी शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।

देशभरका विभिन्न विद्यालयहरुका प्लाटुनको सहभागिता रहेको ५ वटा प्रतिस्पर्धा मध्ये सत्यवतीबाट सहभागि १८ जना छात्र तथा १८ जना छात्रा क्याडेटहरुले छात्रहरुको १६०० मिटर दौड, भलिबल र फुटबल प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका थिए ।यस्तै, छात्रहरुको १६०० मिटर दौडमा प्रथम तथा भलिबलमा द्वितीय स्थान प्राप्त गरेको थियो ।विद्यालयमा आयोजित विशेष कार्यक्रममा एनसीसीका प्रशिक्षकहरु रोशन डाँगी र जीवन थामीले संयुक्त रुपमा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारी एवं प्रधानाध्यापक इन्द्रप्रसाद पौडेललाई पुरस्कार हस्तान्तरण गरेका थिए।