-वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी

वाङमय शताब्दी पुरुष जोशीको जन्म दिन सोमबार ललितपुरमा सार्वजनिक विदा

Hollywood Khabar May 07,2019 Comments

ललितपुर, बैशाख २५

वाङमय शताब्दी पुरुष जोशीको जन्म दिन सोमबार ललितपुर महानगरपालिकाले आउँदो सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

वाङमय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी महोत्सव मनाउन उक्त दिन विदा दिने निर्णय गरिएको महानगरपालिकाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विद्यावारिधि प्राप्त व्यत्तित्व जोशी सोमबार अर्थात वैशाख ३० गते ९९ वर्ष पुरा गरि एक सय वर्षमा प्रवेश गर्दैछन् । यस अवसरमा महानगरपालिका, यस अन्तर्गतका सबै वडा कार्यालयहरु, महानगरभित्रका शैक्षिक संघसंस्था (कक्षा १२ सम्म) लगायतका संघसंस्थालाई विदा दिने जनाइएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाललाई कला, साहित्य र संस्कृति मार्फत चिनाउन महत्वपूर्ण गरेका जोशीको महानगरले वैशाख ३०बाट विभिन्न कार्यक्रम आयोजना गरी एक वर्षसम्म जन्म शताब्दी महोत्सव मनाउने तयारी गरेको छ। उक्त दिन सत्यमोहन जोशीको रथारोहणसहितको ¥याली मंगलबारबाट सुरु हुनेछ ।

लगनखेल, जावलाखेल हुँदै पुल्चोकस्थित महानगरपालिकाको कार्यालय परिसरमा आयोजना हुने विशेष कार्यक्रममा जोशीको सम्मान गरिने जनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतित्थ्यमा हुने उक्त कार्यक्रममा सहभागि हुन महानगरले नगरवासीलाई अनुरोध गरेको छ ।

यसैगरी महानगरले जोशीको दैनिक जीवनयापनलाई सहज बनाउन दुई वर्ष अघि मोटर , सवारीचालक, गार्ड र मोवाइल प्रदान गरेको थियो।