-शताब्दीपुरुष सत्यमोहन जोशीसंग चिनियाँ राजदूतको भेट

महाविद्यावारिधि शताब्दीपुरुष सत्यमोहन जोशीसंग चिनियाँ राजदूतको भेट

Hollywood Khabar May 16,2019 Comments

माधवप्रसाद घिमिरे/ललितपुर/३जेठ

संस्कृतिविद, वाङमय शताब्दी पुरुष, महाविद्यावारिधि सत्यमोहन जोशीसंग नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले भेटघाट गरेकी छन् । आज शुक्रबार ललितपुरको बखुम्बहालस्थित संस्कृतिविद, वाङमय शताब्दी पुरुष, महाविद्यावारिधि सत्यमोहन जोशीको निवासमै पुगेर भेटघाट गरेकी हुन् । १०० वर्र्षे जीवनयात्रामा रहेका संस्कृतिविद, वाङमय शताब्दी पुरुष, जोशी र चिनियाँ राजदूतबिच झण्डै ४५ मिनेट भलाकुसारी भएको थियो ।

भेटका क्रममा राजदूत यान्छीले संस्कृतिविद, वाङमय शताब्दी पुरुष, महाविद्यावारिधि सत्यमोहन जोशीको सुस्वास्थ्य एवं दीर्घजीवनको कामना समेत व्यक्त गरिन् ।

भेटका क्रममा संस्कृतिविद, वाङमय शताब्दी पुरुष, महाविद्यावारिधि सत्यमोहन जोशीले अरनिकोको बारेमा आफूले लेखेका कृतिहरु, अरनिको, नेपाल र चिनबिचको सम्बन्धको बारेमा चिनियाँ राजदूतलाई जानकारी समेत गराए । संस्कृतिविद, वाङमय शताब्दी पुरुष, महाविद्यावारिधि जोशीले चिनियाँ साहित्यमा आफूले गरेका अध्ययन, अनुसन्धाका विषयमा समेत जानकारी गराएका थिए ।

राजदूत यान्छीले चिनियाँ राजदूतले जोशीलई चिन भ्रमणका लागि प्रस्ताव समेत गरेकी थिइन्। संस्कृतिविद, वाङमय शताब्दी पुरुष, महाविद्यावारिधि जोशीले आफ्नो स्वास्थ्य अवस्था र उमेरका कारण भ्रमणका लागि असमर्थ रहेको कुरा व्यक्त गरे ।

भेटका क्रममा राजदूत यान्छीले संस्कृतिविद, वाङमय शताब्दी पुरुष, महाविद्यावारिधि सत्यमोहन जोशीलाई दीर्घजीवन र सुस्वास्थ्यको कामना मायाँको चिनो प्रदान गरिन् । यससंगै ललितपुर महानगरपालिकाकातर्फबाट प्रमुख चिरीबाबु महर्जनले मन्छिन्द्रनाथको रथ प्रदान गरे ।

संस्कृतिविद, वाङमय शताब्दी पुरुष, महाविद्यावारिधि सत्यमोहन जोशीसंगको भेटमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, ललितपुर महानगरका प्रबक्ता राजु महर्जन, ललितपुर महानगर वडा नं. ३ का अध्यक्ष श्रीगोपाल महर्जन, उद्योग वाणिज्य संघ ललितपुरका पूर्वअध्यक्ष अजरमान जोशी समेतको उपस्थिति रहेको थियो ।