साङ्केतिक तस्बिर

सासूको घाँटीमा डोरी कसेर हत्या गरे : हत्या आरोपमा ज्वाइँ पक्राउ परे

Hollywood Khabar July 15,2019 Comments

३१ असार,अर्घाखाँची।अर्घाखाँचीमा मदिरा सेवन गरी ज्वाइँले सासूको घाँटीमा डोरीले कसेर हत्या गरेका छन्।दाङ जिल्ला राप्ती गाँउपालिका २ लालमटिया घर भएका जेठा ज्वाइँ २९ वर्षीय वसन्त कुमालले  ससुराली आएका बेला अर्घाखाँची सितगंगा ८ सातमारा बस्ने  सासू ४३ वर्षीय ईन्द्रा कुमाललाई घाँटीमा डोरीले कसेर हत्या गरेका हुन्। माइतीमा रहेकी श्रीमतीलाई लिन असार २९ गते ससुराली आएका अभियुक्त वसन्त सोमबार राति सासू र आफूसँगै बसेर मदिरा सेवन गरेको अवस्थामा झगडा हुँदा रिसको झोकमा ज्वाईंले सासुको हत्या गरेको प्रहरीले जनाएको छ। । 

प्रहरीका अनुसार सासूको हत्यापछि अभियुक्त कुमालले सासू झुन्डिएको भन्दै गाउँलेलाई बोलाएका थिए। घटनास्थलमा गाउँले आउँदा कुमाल भागेर नजिकै आफन्त कहाँ गएर बसेका थिए।हत्यापछि भान्साकोठामा बारेको बाँसको चिरपटमा सासूलाई झुन्डाएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक गणेश बहादुर नरालको नेतृत्वमा गएको प्रहरीको टोलीले अभियुक्त कुमाललाई पक्राउ गरेको थियो। प्रहरीले अभियक्त कुमाललाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।