https://www.youtube.com/embed/4_9rGUnvEVk

Saru Thapa, Folk Singer Nepal

सरुको आज मूड चल्या छ दोहोरीमा जम्दा-जम्दै लभ पर्या छ

Hollywood Khabar January 09,2019 Comments

कृष्ण के सी/अमेरिका

सरु थापा लोक गायीका हुन्। दर्जनौ लोक गीत गाएकी थापा गायन, राजनीति, समाज सेवा र ब्यबसाय चार-चार क्षेत्रमा उत्तिकै चलेकी र ब्यस्त व्यक्ति हुन्। पछिल्लो पटक आज मूड चल्या छ भन्ने उनको गीतलाइ करण न्यौपाने शब्द र संगीत दिएका छन्। सरुलाइ पूर्णकला र बिक्रमले स्वरमा साथ दिएको यो गीत आजकल धेरै चल्तीमा रहेको छ।

धेरै मिडियामा नआउने धनकुमारी थापा “सरु” ले गायनमा लगभग दुइ दशक भन्दा धेरै समय बिताइसकिन। उसो त दरबारमार्गको जुनकिरी रोदी संचालन गरेर सफल ब्यबसायी पनि भएकी छन् सरु। संभवत काठमाण्डौमा पहिलो पटक दोहोरी साँझ सुरु गर्ने मध्येकी कलाकार नै सरु थापा पर्छिन भनिन्छ।

त्यो भन्दा पनि फरक बिषय सरुले देवघाटमा एउटा आश्रामलाइ पनि सपोर्ट गर्छिन। थुप्रै संघ-संस्थामा संलग्न हुँदा-हुँदै पनि बेग्लै पाटो राजनीति पनि संगै लागेकी छिन सरु थापाले। उनै सरु थापाले हलिउडखबरसंग कुरा गर्दै आफ्नाबारे धेर-थोर कुरा गरेकी हुन्।