तस्बिर साभार वेब

सरकारलाई,विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउन संसदीय समितिको निर्देशन

Hollywood Khabar March 21,2020 Comments

९ चैत्र काठमाण्डौं।संसदीय समितिले सीमानाकामा आवतजावत गर्नेको स्वास्थ्य परीक्षणमा कडाइ गर्नुका साथै विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ।प्रतिनिधिसभाको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउँदै नेपाली नागरिक प्रवेश गर्दा स्वास्थ्य परीक्षण गर्दै क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

यसैगरी दैनिक उपभोग्य वस्तु, औषधि र अरु स्वास्थ्य अपकरणको प्रवन्ध गर्दै सहज प्राप्तीको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।