-तस्विर वेब

सरकारसँग झुक्दैनौ,चन्दा उठाउनु हाम्रो अधिकार-विप्लव नेतृत्व

Hollywood Khabar March 12,2019 Comments

३० फागुन/काठमाडौं

सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारसँग कुनै पनि हालतमा नझुक्ने बताएको छ।नेकपाले  विज्ञप्ति जारी गर्दै चन्दा उठाउनु आफ्नो नैसर्गिक अधिकार भएको  भन्दै बर्तामान सरकारसँग कुनै पनि हालतमा नझुक्ने  बताएको हो। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हिंसा र चन्दा आतंक बढाएको तर्क गर्दै विप्लव नेतृत्वको समूहमाथि  प्रतिबन्धको निर्णय गरेपनि विप्लव समूहले राष्ट्र र जनताका लागि लडेकाले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको बताएको छ ।

विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा हामीमाथिको कारबाहीलाई प्रधानमन्त्री केपी ओलीले चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल हो, भन्दै  कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौं । कसैको दलाली गरेर कमिसन खाएका छैनौं । हामी आफ्नै बलबुतामा क्रान्ति गर्दैछौं । अरु कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौं भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो ’उल्लेख छ।