-सर्वोच्च अदालतको फैसलाप्रति नेपाल रेडक्रस सोसाइटीद्वारा खुशी व्यक्त

सर्वोच्च अदालतको फैसलाप्रति नेपाल रेडक्रस सोसाइटीद्वारा खुशी व्यक्त

Hollywood Khabar September 10,2019 Comments

प्रेस विज्ञप्ति

विगत वर्षदेखि नेपाल रेडक्रस सोसाइटीको साधारण सभा, महाधिवेशन मार्फत् कार्यक्रम बजेट पारित गर्ने वैधानिक प्रकृया एवं निर्वाचन लगायत संस्थागत सेवा गतिविधिहरुमा भइरहेको अवरोध हटाउन दिइएको रिट निवेदनमा सम्मानित सर्वोच्च अदालतले संस्थाको पक्षमा हिजो भाद्र २४ गते गरेको फैसला प्रति नेपाल रेडक्रस सोसाइटी परिवार खुशी व्यक्त गर्दछ।

यसबाट सत्य एवं न्यायको जीत हुन्छ भन्ने विश्वासलाई थप पुष्टि भएको हामीले महसुस गरेका छौँ । सम्मानित अदालतप्रति हार्दिक आभार व्यक्त गर्दै रेडक्रसका सदस्य, स्वयंसेवक र कर्मचारीहरू तथा सम्पूर्ण रेडक्रसप्रेमीसंग हामी यो खुशी वाँड्न चाहान्छौँ ।

विपद् पूर्वतयारी, उद्दार र सहयोग, स्वास्थ्य प्रवर्धन, मानवीय सम्मान अभिबृद्धि, एम्बुलेन्स सेवा, प्राथमिक उपचार, रक्तसञ्चार सेवा, जस्ता कार्यहरु गर्दै आएको अवस्थामा विगत केहि समयदेखि देखिएको संस्थागत अन्यौलता हटाई न्यायिक प्रयत्न स्वरुप आएको यस फैसलाले सम्पूर्ण रेडक्रसकर्मीहरुलाई थप क्रियाशिल भई सेवाकार्यमा लाग्न अझ अभिप्रेरित गरेको छ । विगत ५६ वर्षदेखिका संस्थाका सेवा गतिविधिहरु सञ्चालन गर्न सहयोगी र सम्पूर्ण सुभेच्छुकहरुमा हामी कृतज्ञता व्यक्त गर्दछौँ ।

संस्थाको साख र गरिमा वढाउदै मानवीय सेवामा अझ तल्लीन हुनुपर्ने आजको टड्कारो अवस्थामा संस्थाका सवै सदस्य, स्वयंसेवक र सुभेच्छुकहरु अझ एक भइ अघि वढ्न हामी आव्हान गर्दछौँ । मानवीय कार्यक्षेत्रमा सरकारको सहयोगी भूमिका निर्वाह गर्न थप प्रतिवद्धता व्यक्त गर्दै आम जनता, सरकार, दाता, साझेदारलगायत सवै रेडक्रसकर्मी र सञ्चारकर्मीहरुबाट सदा झैँ सहयोगको अपेक्षा पनि गर्दछौँ ।