साङ्केतिक तस्बिर:साभार वेब

सार्वजनिक सवारी साधनमा अनुगमन:सवारी साधन तथा चालक र सहचालकका कमीकमजोरी २४ घण्टाभित्र सुधार गर्न प्रतिबद्धता पत्रमा हस्ताक्षर

Hollywood Khabar January 15,2020 Comments

२ माघ काठमाडौं।सुन्धारा क्षेत्र भएर सञ्चालन हुने करिब ३० वटा सार्वजनिक सवारी साधनलाई अनुगमन गरिएको छ।अनुगमनका क्रममा सवारी साधन तथा चालक र सहचालकमा देखिएका कमीकमजोरी २४ घण्टाभित्र सुधार गर्न प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गराइएको छ।रुखो बोलीका यातायात मजदुर, त्यसमाथि यात्रुको लुगै मैलो हुने गरी फोहोर र कपडै च्यात्ने थोत्रा सिटहरू काठमाडौं उपत्यकामा गुड्ने कतिपय सार्वजनिक सवारी साधनमा देखिएको यो ज्वलन्त समस्यालाई न्यूनिकरण गर्न त्यसो गरिएको ट्राफिक कार्यालय काठमाण्डौंले जनाएको छ।

त्यति मात्र होइन, भाडा उठाउनकै लागि यात्रुलाई कोचाकोच गरिन्छ । ट्राफिक प्रहरी प्रमुख भीम ढकाल यसमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ तर कति सम्भव होला ? यति मात्र सार्वजनिक सवारीको समस्या होइन । कतिपय सार्वजनिक सवारीमा उडुसकै आतङ्क भएको यात्रु बताउँछन् ।

उडुस नै घर पुग्ने गरी सर्छन् भने जुम्रा, उपियाँ नहुने कुरै भएन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकारी भन्छन्, “अनुगमनका क्रममा सिटहरू ठुस्स गन्हाउने भेटियो । उडुस भेटिएको यात्रु नै बताउने गर्छन् । धेरै सवारीका भाँचिएका, थोत्रा र मैलो सिट पनि भेटिए ।”

सार्वजनिक यातायातका सवारीको बेथितिका सम्बन्धमा धेरैको गुनासो आयो, ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ढकालले थपे, “बारम्बार सरसफाइ र सुधारका लागि आग्रह गर्दा पनि अटेर गर्नेलाई कारबाही गर्न अनुगमनमा खटिनु परेको हो ।”