-NRNA NCC USA:सर्बज्ञ वाग्लेले उपाध्यक्षमा उम्मेद्धार

NRNA NCC USA:पूर्व मिडिया कोअर्डिनेटर सर्बज्ञ वाग्लेले उपाध्यक्षमा उम्मेद्धारी दर्ता गरे

Hollywood Khabar April 18,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१९/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा सान फ्रान्सिस्कोका पूर्व मिडिया कोअर्डिनेटर सर्बज्ञ वाग्लेले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका छन्।

एनसीसी अमेरिकाका पूर्व मिडिया कोअर्डिनेटर सर्बज्ञ वाग्ले लेखक तथा संचारकर्मी पनि हुन। क्यालिफोर्नीयाको सान फ्रान्सिस्को बस्दै आएका सर्बज्ञ वाग्ले २०१५-२०१७ ताका निर्विरोध मिडिया कोअर्डिनेटर भएर काम गरेका हुन्।
सर्बज्ञ वाग्ले भन्छन्- एनआरएन अमेरिकाको निकट भविश्यमा हुन गैरहेको निर्वाचनमा रहरले उम्मेद्वारी घोषणा गर्नेहरुको लर्को भन्दा काम गर्ने, समय दिने र नयाँ सोच भएका व्यक्तिहरूको प्रवेश हुनु ज़रूरी छ ।

वर्तमान कार्यसमितिमा निहित पदभन्दा माथिल्लो पदमा उक्लने चाह,धेरैमा बढेको छ। बाध्यता वा रहरले उमेद्वार दिन भन्दा अन्य रचनात्मक काममा लाग्नु उपयुक्त हो। उम्मेद्वारी घोषणा गर्नाका लागि ब्यानर अर्डर गरेर सामाजिक संजालका भित्ताहरु रंगाउनु भन्दा सामाजिक सेवाको लामो सकृयता र अनुभवलाई एनआरएन मार्फत निरन्तरता दिन आफु उपाध्यक्ष पदमा म उठेको हुँ।

एनआरएन अमेरिकालाई सबैले गर्व गर्न सक्ने संस्था बनाऔँ भन्ने मूल मन्त्रकासाथ यस पटक म सर्बज्ञ वाग्लेलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछु, उनले भने।