लामाका रक गीत जिल्ला-जिल्ला पछि अब पार्टीहरुको छनोटमा

Hollywood Khabar April 01,2017 Comments

पहिलो एल्बम “उत्तर पुर्व” बाट उदाएकी गायिका सरस्वती लामा दोश्रो म्यूजिक एल्बम “उर्वसी” बाट भने ब्यस्त हुनुहुन्छ। 

यो वर्ष मात्र बजारमा आएको लामाको “उर्वसी” एल्बमका फरक गीतहरुले सबै खाले दर्शक-श्रोताहरुको ध्यान खिचेको छ। बिशेष गरी स्टेजहरुमा लामाका रक-पप खाले गीतले हरेक ठाउँमा एउटा रनक दिने गरेको छ। तन्नेरी देखि बयस्क र बृद्ध-वृद्धा सम्मले मजा लिन्छन।

यो वर्ष पशिचम दाङ्ग देखि पुर्व सोलुसम्म दर्जनौ स्टेज तताएकी लामालाई अब राजनैतिक पार्टीहरुले पनि ढोका खोलि दिएका छन्। यसै प्रसङ्गमा मधेसी जन अधिकार फोरम लोकतान्त्रिक पार्टीमा पार्टी प्रवेश गर्नेहरुको स्वागत कार्यक्रममा उनै गायिका लामालाई छनोट गरिएको थियो। विजय गच्छदारको नेतृत्वमा रहेको सो फोरम पार्टीमा नयाँ शक्तिका महेश कर्मोचा सहित ३० जना नेताहरु प्रवेश गरेको कुरा कार्यक्रममा जानकारी गराइयो।

लामाले स्टेजमा आफ्ना रक गीतद्वारा राजनैतिक माहोललाइ संगीतमय बनाएको अवस्था थियो। होइन अब पार्टी प्रवेश नै गेरको हो की के हो भन्ने एक प्रश्नमा गायीकाले आफु आफ्नै गीत गाउन कुनै पनि स्टेज या कार्यक्रममा बोलाउँदा जाने र सबै नेपाली दर्शकहरु मेरा आफ्नै हुन् अनि सबै उत्तिकै र समान छन्। पार्टीको गीत गाएको होइन मेरो आफ्नै गीत गाएको हो। गीत-संगीत भनेको बन्दनले रोक्ने होइन खुल्ला छोड्नुपर्छ। जसलाई जे मनपर्छ सुन्छन, लामाले http://hollywoodkhabar.com  सम्बाददातासँग  भन्नुभयो।