https://www.youtube.com/embed/X5ffRg0hZME

रक गायीका लामाको यसपालीको तीज पनि रकमै जम्ने भो:तहल्का पिटेको तीज गीत

Hollywood Khabar July 24,2017 Comments

बिगत एक दशक देखि आफ्नो गायन बिशेषगरी शास्त्रीय संगीत अध्ययन गर्दै आएकी सरस्वती लामा “सरु” ले आफ्नो स्वर प्याट्रन अनुरुप रक गायन छान्नु भएको बताउनु हुन्छ।
२०१५ मा आफ्नो पहिलो म्यूजिक एल्बम “उत्तरपूर्व” बजारमा ल्याउँदा “उडी जाने हावाले” गीतबाट चर्चा पाएकी लामा लगत्य नै २०१६ को उत्तरार्धमा पुग्दा आफ्नो दोश्रो म्यूजिक एल्बम “उर्वसी” बजारमा लाउन सफल हुनुभयो। उर्वसी एल्बममा पूर्वेली, रक, पप जस्ता फरक-फरकखाले गीतहरु छन्। त्यसमा पनि चर्चामा भने एल्बमको शिर्षगीत “उर्वसी” ले पायो। यति मात्र होइन दर्जनौ स्टेज सोहरुमा दर्शक तताउने काम गयो।
उनै रक गायीका सरुले यो पटक भने तीजको गीत त्यो पनि रक प्याट्रनमा ल्याउनु भएको छ। सम्भवत आज सम्म कुनै पनि गायकले तीजको गीत रक प्याट्रनमा गाउनु भएको छैन होला। यो अर्थमा तीजका गीतहरुमा यो नै पहिलो रक गीत हुनेछ। गीत सरस्वती लामाको आफ्नै कम्पनी UPS & Cinema Pvt. ले ल्याएको हो।  
सरु र कृष्ण के सीको लामो प्रयास पछि संयुक्त रुपमा शब्दहरुलाइ तयार पारेपछि टंक बुढाथोकीले धेरै मिहिनेत गरेर संगीत भर्नुभयो। अनि बन्यो रक-लोक/लोक-रक गीत सरुको स्वरमा।
शब्द - सरस्वती लामा/कृष्ण के सी
संगीत - टंक बुढाथोकी
भिडियो निर्देशन/कोरियोग्राफी: बिक्रम चौहान
क्यामेरा/भिडियो इडिट: यूवराज खत्री
आर्टिस्टहरु: बिपना बस्नेत, रीना थापा मगर, निशा तामांग, मालिका थोकर, सुनिता दोङ्ग, कमल फुंयाल, बाबुराम भुजेल, स्वयम गायीका सरस्वती लामा लगायत दुइ दर्जन।
रेकर्डिङ्ग: स्टूडियो “9”
जय जय भोले पशुपती शिव शम्भो
लामो सारी लगाउँदा जीउमा गरम भो
होइ शम्भो नलगाउँदा झनै सरम भो
लै बरि लै, लै बरि लै, एस्पालिको तीज पनि रक मै जम्ने भो