-पत्रकार शरद अधिकारी

पत्रकार शरद अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सञ्चार विज्ञमा नियुक्त 

Hollywood Khabar May 17,2019 Comments

४ जेठ, काठमाडौं।पत्रकार शरद अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सञ्चार विज्ञमा नियुक्त भएका छन्।बारबरा फाउन्डेसनका निर्देशक अधिकारीले यसअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सञ्चार विज्ञका रुपमा रहेका काम गरिसकेका थिए।दुई दशकदेखि निरन्तर कलम चलाउँदै आएका लेखक तथा स्वतन्त्र पत्रकार अधिकारी सेतोपाटी डटकममा एक्स्टर्नल अफेयर्स प्रमुख,कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट दैनिक लगायतमा काम गरेका अनुभवि पत्रकार हुन्।

अधिकारीले राष्ट्रिय प्रकृति संरक्षण कोषमा जनसम्पर्क अधिकृतका रुपमा काम गरेका थिए। अधिकारीले त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरि दुई दशकदेखि नेपाली पत्रकारिता तथा जनसम्पर्कको क्षेत्रका विभिन्न विधामा क्रियाशील छन् ।