तस्बिर वेब

सप्तकोशी व्यारेजमा खतराको संकेत

Hollywood Khabar July 11,2019 Comments

२७ असार,इटहरी,सुनसरी।सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेकभन्दा माथि पुगेको छ। शुक्रबार साँझ ७ बजेको मापन अनुसार कोशीमा पानीको बहाव २ लाख १७  हजार ५१५ क्युसेक रहेको जिल्ला प्रसासन कार्यालयले जनाएको छ। 

कोशी व्यारेजमा हाल पानी निकासीको लागि ५६ मध्ये २९ वटा ढोका खोलिएका  छन्। पानीको बहावमा निरन्तर वृद्धि भएसँगै व्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ।कोशीमा पानीको बहाव १५०००० क्युसेक पुगेपछि रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिन्छ।