-प्रेम (पदमलाल) सापकोटा

नेपाली कांग्रेस नीति, अनुसन्धन तथा प्रशिक्षण प्रतिष्ठानमा अष्ट्रेलियाका सापकोटा नियूक्त

Hollywood Khabar February 24,2021 Comments

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका संरक्षक एबम पूर्व निर्बाचन प्रमुख प्रेम (पदमलाल) सापकोटा नेपाली कांग्रेस, केन्द्रीय नीति, अनुसन्धन तथा प्रशिक्षण प्रतिष्ठान, अष्ट्रेलियाको शाखा प्रमुखमा नियूक्ति भएका छन । केन्द्रीय नीति, अनुसन्धन तथा प्रशिक्षण प्रतिष्ठान ले फाल्गुण १ गते पत्रचार गर्दै अष्ट्रेलियाको सिड्नी निवासी सपकोटालाई जिम्मेवारी तोकेको हो।

सपकोटाको नियूक्ति प्रति नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीले सापकोटालाई हार्दिक बधाई ज्ञापन गरेका छन।सापकोटालाई कार्यकाल सफलताको शुभकामना सहित पार्टि, संगठन र प्रतिष्ठानको सर्बोपरीहितमा कार्य गर्नुहुन्छ भन्ने बिश्वास राख्दा गिरीले आगामी दिनमा सहकार्य गर्दै कामगर्ने बताएका छन।

हङकङ पछि हाल अष्ट्रेलिया स्थाई बसोवास गर्दै आएका उनि जनसम्पर्क र पार्टि प्रति बफदार पुरान व्यक्तिकारुपमा परिचत रहेका छन । एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष समेत भईसकेका सापकोटाको नियूक्तिलाई जनसम्पर्क समिति अष्ट्रेलियाका सदस्यहरुले सकारात्मक लिएको बताएका छन।

आफूलाई बिश्वा गर्दै जिम्मेवारी दिनु भएकोमा सापकोटाले जनसम्पर्क समिति अष्ट्रेलिया, प्रतिष्ठानका बिदेश क्षेत्र संयोजक गंगाधर गौतम, प्रतिष्ठान केन्द्रिय प्रमुख एबम नेका उपाध्यक्ष बिमलेन्द्र निधि लाई हार्दिक आभार प्रकट गरेको छन। नेपाली कांग्रेस, केन्द्रीय नीति, अनुसन्धन तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशन र कार्यक्षेत्रमा रहेर कार्यसम्पादन गर्ने उनले बताएका छन।