NRNA:एनआरएनए एनसीसी फ्रान्सको अध्यक्षमा हरि सापकोटा उम्मेद्वार

0
shares

by Krishna KC (admin@gmail.com) | Updated: 12 Jul 2019

52 views
-NRNA:एनआरएनए एनसीसी फ्रान्सको अध्यक्षमा हरि सापकोटा उम्मेद्वार

कृष्ण के सी/अमेरिका/७/१२/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) फ्रान्सको आगामी कार्यकाल २०१९-२०२१ का लागि हरि प्रसाद सापकोटा अध्यक्षमा उम्मेदवार बन्ने भएका छन्।

आफ्नो उम्मेद्वारी घोषणासँगै सापकोटाले हलिउडखबरलाइ पठाएको विज्ञप्तिमा आफू उम्मेद्वार भएको जानकारी दिएका छन्। यसका साथै सापकोटाले आफ्नो योगदान र क्षमताको समेत छोटो जानकारी दिएका छन्।

आगामी १८ अगस्ट २०१९ का दिन हुने एनआरएनए एनसीसी फ्रान्सको आठौँ राष्ट्रिय महाधिबेशनले सो निर्वाचन सम्पन्न गर्नेछ। फ्रान्समा रहेका नेपाली समुदायमा सापकोटाको उम्मेदवारीलाई सकारात्मक रुपमा लिइएको छ भन्ने कुरा एकजना पत्रकारले हलिउडखबरसँग जानकारी दिए।

नवलपरासी जिल्लामा जन्मिएका सापकोटा निम्न माध्यमिक बिद्यालयको प्रधानध्यापक थिए। २००४ देखि फ्रान्समा बसाइ गरे। २००७ देखि भने उनि गैरआवासीय नेपाली संघको कार्यसमितिमा सदस्य, २००९-२०११ मा महासचिब, २०११-२०१३ मा उपाध्यक्ष र २०१५ देखि हाल सम्म एनसीसी फ्रान्सको सल्लाहकार रहेका छन्।

सापकोटाले फ्रान्समा रहेका पुराना अभियान्ता एवं अग्रजहरु, बुद्विजीविहरु र सकृय युवाहरुको सरसल्लाहमा नै आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन्। उनले आफ्नो कार्यक्रालमा फ्रान्समा रहेका नेपाली राजनैतिक संघसंगठन, महिला, युवा लगायत यहाँ रहेका सम्पूर्ण संघ संस्थाहरुसंग सहकार्य गरेर हाल भैरहेका नियमित वार्षिक कार्यक्रमहरुमा सुधार गर्दै, अन्य नयाँ एजेण्डाहरुमा काम गर्ने बताएका छन्। यसका साथै हालका नियमित प्रोजेक्टहरु नियमित रुपमा संचालन हुनेछ।