Pipal Mani Sigdel

संसारभरिका झंकार बोल्दछ अनि प्रतिबिम्ब बनी खोल्दछ

Hollywood Khabar December 27,2018 Comments

पीपल मणी सिग्देल
पानीको तालमा यौटा अति उच्च बनीकन
उद्घोष गर्छ यो नित्य स्वतन्त्रताको जीवन
 
संसारभरिका भाषा दिव्य झंकार बोल्दछ
प्रतिबिम्ब बनी यौटा अनन्त बिम्ब खोल्दछ
 
पिंजडा खोलिएमात्र नाच्छ त्यो चरीको मन
लाखौँ मान्छे तिमीलाई गर्दैछन् आत्मबन्दन
 
म्यानहाटनमा फुल्दा फुल्छौ पर्वतमा पनि
दिव्य मानवता फल्छौ फुल्छौ स्वतन्त्रता बनी
 
तिमी हौ पूर्ण सारंगी नौलो धून सुनाउने
सधैं समानता बोल्ने आत्मसम्मान गाउने
 
कामले कोही ढल्दैछ घण्टाको वशमा कोही
भोक शोक तथा रोग व्याप्त चित्कार तापनि
 
कतै डलरको डोको कतै संघर्ष भैकन
तिमी छौ प्रेरणापुंज सप्त रंगीन जीवन