-तस्बिर वेब

सांसद श्रेष्ठले दिए प्रहरी चौकी बनाउन २ कठ्ठा जग्गा

Hollywood Khabar December 10,2018 Comments

२६ मंसीर तनहुँ।तनहूँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले प्रहरी चौकी निर्माण गर्न २ कठ्ठा जग्गा उपलब्ध गराउनु भएको छ।बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–४ औराहामा प्रहरी चौकी निर्माणको लागि सांसद श्रेष्ठ र उहाँका व्यवसायीक साझेदार इच्छा वाग्लेले करिब ४० लाख रुपैयाँ पर्ने २ कठ्ठा जग्गा उपलब्ध गराउनु भएको हो।सांसद श्रेष्ठ जितपुर सिमरा उपमहानगरका उद्योगी समेत हुनुहुन्छ ।

हालसम्म अस्थायी प्रहरी पोष्ट मात्र रहेको उक्त स्थानमा प्रहरी चौकीको लागि आवश्यक पर्ने जग्गा उपलब्ध नहुँदा प्रहरी चौकी भवन बन्ने अवस्था नभएको र सो चौकी अन्यत्र सर्न लागेको भन्दै स्थानीय बासिन्दाहरुले सांसद श्रेष्ठ समक्ष जग्गा उपलब्ध गराईदिन यसअघि देखी नै अनुरोध गरेका थिए । उक्त स्थानमा २०६८ सालमा नै अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको थियो तर जग्गाको अभावमा प्रहरी चौकीको भवन निर्माण भने हुन सकेको थिएन । स्थानीय बासिन्दाको अनुरोध पछि आफुले आफ्नो नाममा रहेको जग्गा मध्येबाट २ कठ्ठा जग्गा प्रहरी चौकीलाई उपलब्ध गराएको सांसद श्रेष्ठले बताउनु भयो । तर जग्गाको स्वामित्व हस्तान्तरणको आवश्यक कागजी र कानुनी प्रक्रिया भने एक महिना भित्रमा सम्पन्न हुने सांसद श्रेष्ठले बताउनु भयो ।

मंगलबार स्थानीय बासिन्दा, प्रहरी कार्यालयका प्रतिनिधि सहित सम्बन्धीत जग्गामा पुगी सांसद श्रेष्ठले प्रहरी चौकी भवनको निर्माणको लागि पनि आफुले रकम उपलब्ध गराउन तत्काल पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । सांसद श्रेष्ठले सांसद भएवापत हालसम्म राज्यको तर्फबाट पाएको तलब भत्ता सबै जिल्लाको विभिन्न संघ संस्थालाई मासिक रुपमा उपलब्ध गराउँदै आउनु भएको छ ।