-संसद बिघटनसँगै नेपालमा राजनैतिक अन्योल र अस्थिरताको सुरुवात

संसद बिघटनसँगै नेपालमा राजनैतिक अन्योल र अस्थिरताको सुरुवात

Hollywood Khabar December 19,2020 Comments

हलिउडखबर, अमेरिका/१२/२०/२०

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम संसदको प्रतिनिधि सभा विघटन सिफारिस गरेपछि नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रमा अन्योलता र अस्थिरता बढेको छ। आफ्नै पार्टीले कारबाही गर्ने तयारी, संसदबाट आफूलाई पिचिङ्ग गर्ने प्रस्ताव दर्तासँगै प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगत बचाउको लागि संसदलाइ दाउमा लगाएका छन्।

प्रधानमन्त्री ओलीको जे सुकै कुरा पनि आँखा चिम्लेर बिना परामर्स स्वीकार गर्ने सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधि सभाको विघटन र नयाँ निर्वाचनको मिति तोकिनुले नेपालमा झन् अर्को अन्योलता बढेको छ। पहिला-पहिला राजाहरुले पनि यस्तो अवस्थामा कानुनी र राजनैतिक परामर्श लिएर मात्र निर्यण लिन्थे तर यो पटक सम्माननीय राष्ट्रपति भण्डारीबाट त कानुनमा नै नभएको निर्णय लिनुले झन् जटिलता ल्याएको छ।

यति मात्र होइन सो को बिरुद्ध संसदमा नै अविश्वासको प्रस्ताव दर्ता हुनु, पार्टीबाट कारबाही हुने अवस्था सृजना हुनु सबै कारणले ओली चेपुवामा परेका थिए। यस्तो अवस्थामा आफूले संसदमा फेस गर्ने र भएको निर्णय मान्ने नै संसदीय प्रचलन र ब्यबस्था छ। पार्टी भित्र हुने गतिबिधि त उनी अल्पमतमा परेपछि हुने नै भयो। उसै पनि सर्वोच्च अदालतमा तीनवटा मुद्दा परेका छन् अझै आधा दर्जनौ मुद्दा दायर हुने पूर्वानुमान छ। अरु मात्र होइन स्वयं नेपाल कम्युनिष्ट पार्टीकै पक्षले पनि मुद्धा दर्ता गर्ने अवस्था आएको छ।

यो कदमको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष स्वयंकै पार्टी, प्रमुख प्रतिपक्ष दल र अरुले पनि बिरोध गरेका छन्। संसद बिघटनले अर्को चुनावमा अलि दाउ लाग्लाकी भनेर आशामा बसेको तर आन्तरिक तयारी नगरेको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसभने केहि मौन रहेको छ।