-सभामुख अग्निप्रसाद सापकोटा

निष्पक्ष भएर संसदको गरिमा कायम राख्छु : सभामुख सापकोटा

Hollywood Khabar January 25,2020 Comments

१२ माघ, काठमाडौं।प्रतिनिधिसभाको सभामुखमा निर्वाचित अग्निप्रसाद सापकोटाले संसदको  निष्पक्ष भएर संसदको गरिमा कायम राख्ने बताएका छन्।सापकोटाले  सभामुख निर्वाचित भएपछि पत्रकारसँग कुरा गर्दै लोकतन्त्रको मूल्य मान्यता अनुसार संसदको गरिमा कायम राख्दै तटस्थ भूमिका निर्वाह गर्ने बताएका हुन्।आइतबार प्रतिनिधिसभामा नेपाली कँंग्रेसका सांसद मिनेन्द्र रिजालले सभामुखको रुपमा तटस्थ भूमिका निर्वाह गर्न सापकोटालाई शुभकामना दिएका थिए।सापकोटाले सभामुखमा अर्को उम्मेदवार नउठाएकामा प्रमुख विपक्षी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, समाजवादी पार्टीलगायतलाई  धन्यवाद दिएका थिए ।आइतबार बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई सभामुखमा निर्विरोध निवार्चित गरेको हो ।