-सांकेतिक तस्विर

सरकारले सांसदलाई ल्यापटप बाड्ने     

Hollywood Khabar June 09,2019 Comments

२८ जेठ, काठमाडौं ।सरकारले सरकारले संघीय सांसदका  ३ सय ३४ जना सांसदलाई  ल्यापटप बाँड्ने भएको छ।सरकारले सांसदलाई पेपरलेस बनाउने भन्दै संघीय सांसदका सबै  सांसदलाई  ल्यापटप बाँड्न लागिएको बताएको छ ।अव प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदले ल्यापटप पाउने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले  बताए। संघीय संसद सचिवालयले ३ सय ३४ जना सांसदलाई ल्यापटप उपलब्ध गराउने गरी गत १९ जेठमा बोलपत्र आह्वान गरेको छ ।सांसदका लागि ल्यापटप खरीद गर्न अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेपछि बोलपत्र आह्वान गरिएको हो ।यसअघि पहिलो र दोस्रो संविधानसभा निर्वाचनपछि संसदीय दलका नेता र प्रमुख सचेतकलाई  गैरसरकारी संस्थाको रकमले ल्यापटप बाँडिएको थियो।यसपटक भने राज्यकोषबाट करीव साढे ३ करोड रकम खर्चेर सांसदका लागि ल्यापटप किन्न लागिएको हो ।आगामी आवको बजेटबाट सांसदहरुलाई ल्यापटप चलाउने तालिम दिने सचिवालयको बताएको छ।