-संसद पुन:स्थापनाको खुशीयालीमा दानेको आलोपालो लड्डु खुवाइ

संसद पुन:स्थापनाको खुशीयालीमा दानेको आलोपालो लड्डु खुवाइ

Hollywood Khabar February 23,2021 Comments

नेपाल सरकारले संसद बिघटन गरेर ताजा निर्वाचनमा जान गेरको निर्णयलाई सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि केपी ओली समूह बाहेक सबैले खुशीयाली मनाएका छन्।

यसै क्रममा फेब्रवरी २३, २०२१ मंगलबार साँझ नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल (दाने) समुहले एक कार्यक्रमको आयोजना गरे। सो अवसरमा अध्यक्ष पुष्प कमल दाहालले जनतासँग वाचा गरे अनुरूप मिलेर संयुक्त सरकार बनाउने बताएका छन्। यो विजय नेपाली जनताको विजय हो, यो लडाईं कुर्सीको लागि होइन संविधानको लागि हो, दाहालले भने।

सो क्रममा अर्का अध्यक्ष माधव कुमार नेपाल भने, प्रधामन्त्रीले पदबाट राजीनामा दिनुपर्ने, सत्यको जित भयो, न्यायको जित भयो, नेपाली जनताको जित भयो, निरंकुश प्रवृत्तिले जबर जस्त पराजयको सामना गर्नु छ। केपी ओली अब कम्युनिस्ट भन्न लायक छैनन्, लोकतन्त्रवादी भन्न पनि लायक रहेनन्। त्यसै क्रममा बुधबारको लागि तय गरिएको विरोध सभालाई विजय सभाको रूपमा गर्ने कुरा सो समूहले जानकारी दिएको छ।