- ‘शिखर राजनैतिक व्यक्तित्व वर्ष सम्मान २०७६’बाट सम्मानित सांसद महेश बस्नेत

सांसद बस्नेत ‘शिखर राजनैतिक व्यक्तित्व वर्ष सम्मान २०७६’बाट सम्मानित 

Hollywood Khabar September 15,2019 Comments

३० भाद्र,काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत ‘शिखर राजनैतिक व्यक्तित्व वर्ष सम्मान २०७६’बाट सम्मानित भएका छन् ।सांसद बस्नेत नेपालकै सवैभन्दा कलिलो उमेरमा वि.सं. २०५४ सालको स्थानीय चुनावमा भक्तपुर जिल्लाको गुण्डुबाट गाविस अध्यक्षमा निर्वाचित  भएका थिए। सांसद बस्नेतलाइ गाविस अध्यक्ष हुँदै तत्कालिन नेकपा एमाले निकट युवा संघ नेपालको अध्यक्षदेखि वर्तमान समय सम्ममा देशको लागि खेलेको  भूमिकाको कदर गर्दै  शिखर नेपालको आयोजनामा नेपालमा पहिलो पटक भएको राष्ट्रिय शिखर कृषक अवार्ड २०७६ द्वारा उहाँलाई राजनैतिक शिखर व्यक्तित्वको रुपमा सम्मान गरिएको हो ।

हिमाल, पहाड, तराई कोही छैन पराई भन्ने कुरालाई आत्मसात् गर्दै सांसद बस्नेतले देश र जनता प्रति गर्नुभएको अतुलनिय योगदानद्वारा आफ्नो व्यक्तित्व र पहिचान बनाएका छन्।  पूर्वउद्योगमन्त्रीको जिम्मेवारी समेत सफलतापूर्व सम्हालेका बस्नेत अहिले भक्तपुर क्षेत्र नं. २ मा नेकपाको तर्फबाट विजयी भएपछि जनतामाझ गरेका प्रतिवद्धताहरु करिव दुई वर्षमै पुरा गरीजनताको निक्कै लोकप्रिय नेता बनेका छन्।समृद्ध भक्तपुर:सुखी भक्तपुरका जनता बनाउने उद्घोषका साथ अघि बढेका सांसद बस्नेतले भक्तपुरमा राष्ट्रिय गौरवका आयोजना स्मार्ट सिटी, आधुनिक सभागृह, सुरुङ मार्ग, राष्ट्रिय प्राणी उद्यान केन्द्र, रंगशाला, आधुनीक वीर अस्पताल, कभर्डहल लगायतका ठूला आयोजनाहरु समेत निर्माणको प्रकृयामा छन् । 
 
 हनुमन्ते कोरिडोरसंगै  भक्तपुरका जनताको माग अनुसार सडक, खानेपानी, ढल, पुल, शिक्षा, स्वास्थ्य, यातायता, भौतिक संरचना, भुकम्पपछिको सवै प्रकारका पुनःनिर्माण, वातावरण स्वच्छता, पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनलगायतका क्षेत्रको विकास गर्दै भक्तपुरलाई आर्थिक तथा सामाजिक विकास गर्ने बस्नेतको लक्ष्य रहेको छ ।
 
नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जना उत्कृष्ट कृषकहरुलाई “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” बाट नगद पुरस्कारसहित सम्मान गरेका थिए । सो सम्मानबाट प्रदेश १ बाट विशाल राई (विशाल कृषि फर्म, विर्तामोड), प्रदेश २ बाट रामआशिष प्रसाद गुनियाँ (श्री कृषि फर्म सेन्टर पर्सा), प्रदेश ३ बाट नवराज आचार्य (वाग्मति गोट फिड्स प्रा.लि. धार्के धादिगं), प्रदेश ४ बाट घनश्याम तिमिल्सीना (हेम्जा गाई फर्म कास्की), प्रदेश ५ बाट दलबहादर खत्री (लेकाली व्यवसायिक बाख्रा पालन तथा दाना उद्योग प्युठान), प्रदेश ६ बाट डिल्लीबहादुर नाथ (डाफेँ भैसी पालन फर्म, रुकुम पश्चिम) र प्रदेश ७ बाट ठगुनुदेवी चौधरी (कार्प ह्याचरी, कैलाली)ले नगद १५ १५ हजार रुपैयाँ र अर्वाड र सम्मानपत्रसहित फुलमालले सम्मानित गरिएको थियो ।
 
सोही अवसरमा बोल्दै यस्तै शिखर सम्मान २०७६ बाट चितवनका क्रियाशिल युवा पत्रकार नेपाल टेलिभिजन संवाददाता तथा सौराहा अनलाईन र नमस्ते बिहानी साप्ताहिकका प्रधानसम्पादक राजेन्द्र आचार्य, नागरिक सापताहिका फोटो पत्रकार तथा मेरो फिल्म डिजिटिल पत्रिकाका प्रधानसम्पादक श्रीधर पौडेल, भुवन चौहान, माया नेपाल, सरिता गौतम, कमल खत्री, अमृत मरहट्ठा, दिपा दाहाल, बबिता श्रेष्ठ र दिवाकर मान सिंह बस्न्यातलाई उपप्रधानमन्त्री पोख्रेरलले सम्मानपत्र फुलमालासहित सम्मान गरेका थिए ।

शिखर राष्ट्रिय व्यक्तित्व सम्मान २०७६ बाट डा सुशिल भट्ट (सदस्य–राष्ट्रिय योजना आयोग), शिखर राष्ट्रिय व्यक्तित्व वर्ष सम्मान २०७६बाट डा. योगेन्द्र कुमार कार्की (सचिव–भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश ३), शिखर राष्ट्रिय व्यक्तित्व वर्ष सम्मान २०७६ बाट राम कुमारी चौधरी (राज्यमन्त्री–कृषि तथा पशुपंक्षि मन्त्रालय), शिखर ईन्करेजमेन्ट कृषक अवार्ड बाट अनन्त बहादुर खड्का, जनकल्याण सामाजिक विकाश अनुसन्धान केन्द्र नेपाल, ललितपुर र शिखर कर्मशिल कृषक अवार्डबाट सुकमाया तामाङ र चितवनकी लक्ष्मी राणा समेत समनित भएका थिए ।

यस्तै शिखर व्याक्तित्व सम्मान २०७६ बाट ऋषि न्यौवान, देवीलाल शर्मा, विश्वमणी घिमिरे, स्वयम्भू कृष्ण श्रेष्ठ, डा वंशी शर्मा, माधव राज खरेल, मञ्जु खाँड, ऋतुराज सापकोटा, हरि भण्डारी र गणेश प्रसाद सुवेदी समानित भएका थिए । यसैगरि शिखर रनर अवार्ड २०७६ बाट भिष्मराज फलारा, निशु झा, गंगा ढकाल, सुनिता वस्नेत, ठण्ड बहादुर अधिकारी र सिद्धार्थ वनस्थली ईन्टिच्यूट सममानित भए । भने शिखर राष्ट्रिय व्यक्तित्व सम्मान २०७६बाट सुक बहादुर रोका, रमेश पौडेल, शान्तिप्रिय, डि।पी आत्रेय, जीतु नेपाल सम्मानित भए ।