-सडक सिलान्यासमा आफ्नो धारणा राख्दै प्रतिनिधिसभाका सांसद महेश बस्नेत।

सांसद बस्नेतको नमूना भक्तपुर बनाउने ध्यान- होलीमा पनि विकाशमै ज्यान 

Hollywood Khabar March 19,2019 Comments

६ चैत भक्तपुर। कमिशन र भ्रष्टचारको अन्त्यगरि भक्तपुरलाई नेपालकै नमुना जिल्ला बनाउन लागि परेका प्रतिनिधि सभाका सांसद महेश बस्नेतले होलीको दिन दुईवटा सडक सिलान्यास गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वउद्योगमन्त्री समेत् रहेका सांसद बस्नेतले सम्पूर्ण  बिकाश हेर्न भक्तपुर आउनुपर्ने भन्दै भक्तपुरलाई देशकै नमुना बनाउने अठोटका साथ आजपनि दुइवटा सडकको  सिलान्यास गरेका हुन्।

सांसद बस्नेतले  भक्तपुरमा विकासको लहर चलेको भन्दै सूर्यविनायक नगरपालिकाको वडा नं. ३ बोलकोट स्थित सूर्यविनायक – दक्षिणबाराही मन्दिर – काठमाडौँ ल क्याम्पसदेखि पानिट्याङ्की सिरुटार सडकको कालोपत्रे तथा सूर्यविनायक चुनदेवी–तीनधारा सडक विस्तारको सिलान्यास गर्दै बालकोटमा ठूला सडक पाँच तथा साना सडक १३ वटा पार्न सफल भएको तथा टेण्डरको प्रकृयामा रहेको जानकारी दिए। सांसद बस्नेतले  बालकोटमा खानेपानी तथा ढलको लागि समेत बजेटको व्यवस्थापन हुने जानकारी दिंदै आगामी दिनमा अझ बढी योजनावद्ध रुपमा अघि बढाई भक्तपुरलाई नेपालकै नमुना जिल्ला बनाउने बताए ।पूर्वउद्योगमन्त्री समेत रहेका सांसद बस्नेतले दिगो तथा स्थायी विकासको लागि  गुणात्मक तथा परिणाममूखी विकास हुनुपर्ने भन्दै कमिशन र भ्रष्टचार गरेको  पाइएमा तत्काल कारवाहीगर्ने समेत चेतावनी दिएका छन् ।

सांसद बस्नेतले कोटेश्वर– जडिबुटीको जाम अन्त्यको लागि हनुमन्ते नदी तथा मनोहरा नदीको कोरिडोर निर्माण कार्य तिव्र गतिमा अघि बढेको भन्दै  कोटेश्वरको जामलाई सदाको लागिपुर्णबिराम लगाउने बताए ।सांसद बस्नेतले हनुमन्ते नदीको कोरिडोर अरनीको राजमार्गाको बैकल्पीक सडकको रुपमा विकास हुने भन्दै बालकुमारीदेखि महेन्द्र शान्ति हुँदै रानीकोटसम्म जाने सडक र ठिमीको पुलदेखि गणेश प्रा.वि हुँदै लुभुसम्म जोने सडकको समेत टेण्डरको अन्तिम चरणमा रहेको बताए।सांसद बस्नेतले भक्तपुरमा शुरु गरिएका कुनै पनि विकास निर्माणका कार्यहरुलाई बजेटको अभावमा रोक्नुपर्ने अवस्था नआउने  भन्दै विकास र समृद्धिको बाटोमा सवै राजनीतिक दल, विभिन्न संघसंस्था, जनप्रतिनिधिस तथा स्थानीयवासीको प्रत्यक्ष सहभागिताका साथै  अनुगमन तथा मूल्याङ्कन अपरिहार्य हुने बताए।

पानीट्याङ्की सर्वाङिगण विकास समाजको आयोजनामा प्रदेश नं. ३ को पूर्वाधार विकास आयोजनाको रु पाँच करोडको लागतमा सूर्यविनायक – दक्षिणबाराही मन्दिर – काठमाडौँ ल क्याम्पसदेखि पानिट्याङ्की सिरुटार सडकको कालोपत्रेको सिलान्यास गरिएको हो । उक्त रकममा करिव एक किलोमिटर ३०० मिटर सडक आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका रहेको छ । त्यस्तै सूर्यविनायक नगरपालिकाको रु एक करोडको लागतमा सूर्यविनायक चुनदेवी–तीनधारा सडक विस्तारका लागि आवश्यक रकम नपुग भएमा संघिय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसँग पुनःसमन्वय गरी अवाश्यक बजेटको व्यवस्थापन गरि सम्पन्न गराउने सांसद बस्नेत तथा सूर्यविनायक नगरपालिकाका प्रमुख बसुदेब थापाले बताए।

प्रदेश नं. ३ का सांसद शसीजंग थापाले संघियताको कार्यान्वयनसँगै विकासको प्रतिफल प्राप्त हुन थालेको भन्दै भक्तपुर विकासमा फिल्मको ट्रेलर शरु भएको र आगामी दिनमा विकासको फिल्न आम जनताले देख्न र प्रयोग गर्न पाउने बताए।सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुनादेवी बस्नेत तथा पानी ट्याङ्की सर्वाङ्गिण विकास समाजका अध्यक्ष राजकुमार सिलवालले यो वर्ष विकास र समृद्धिको आधार तयार गर्ने बर्ष भएको बताए ।