-तस्विर वेव

नेपाली कांग्रेस गर्दै आएको संसदको अवरोध हट्यो  

Hollywood Khabar September 17,2019 Comments

१ असोज, काठमाडौं ।सरकारले बाँके घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि प्रमुख विपक्षी नेपाली कांग्रेस गर्दै आएको संसदको अवरोध हटेको छ ।बुधबारको संसद बैठक सुरु हुनासाथ कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले विशेष समय लिएर बोल्दै घटनामा संलग्नहरुलाई करबाही गर्न किटानी जाहेरी दिएको चार दिन भइसक्दा पनि कारबाही नभएको बताएका थिए ।बडूले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सरकारको संरक्षणमा घटनामा संलग्नहरुलाई लुकाइँदैछ भन्दै दोषीहरुमाथि कारबाही  संगै सरकारको जवाफ मागेका थिए।

कानूनमन्त्री भानुभक्त ढकालले घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्। कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत बाँकेको खुजारा नगरपालिका २ सीतापुरमा २५ भदौमा भएको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गर्दा बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको थियो । वडा नम्बर १ का वडाध्यक्ष सुमन मल्लको निर्देशनमा आक्रमण भएको भन्दै कांग्रेसले ज्यान मार्ने उद्योगमा जाहेरी दिएको छ ।