-कृष्ण राज गिरी, सभापति

संखुवासभा अमेरिका जनसम्पर्क समिति अमेरिकामा भ्रममा नपर्न अनुरोध

Hollywood Khabar January 20,2021 Comments

कृष्ण के सी, अमेरिका, १/२०/२१

संखुवासभा अमेरिका जनसम्पर्क समिति अमेरिका २०२० को मध्येतिर स्थापना भएको हो। यो सँस्था स्थापना गर्दा नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला देखि नेपाली कांग्रेसका थुप्रै एकाइहरुले समर्थन, बधाई र मान्यता प्रदान गरेका थिए।

क्यालिफोर्निया निवासी कृष्ण राज गिरीको अध्यक्षतामा स्थापना भएको समितिले स्थापनाको पूर्वार्धमा नै जिल्लामा सपोर्ट देखि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा ऐतिहासिक बहस-अन्तरक्रिया समेत सम्पन्न गरेको थियो। समिति अध्यक्ष कृष्ण राज गिरीको नेतृत्वमा नै स्टेट अफ क्यालिफोर्नियामा दर्ता भएको छ।

यो छोटो समयमा ठुलो काम र राजनैतिक क्षेत्रमा नै हलचल ल्याएको देखेपछि नेपाली जनसम्पर्क समितिका एकाथरी किच्चकहरुको आँखा संस्थाको नेतृत्वप्रति पर्यो। उनीहरुको काम भनेको विवाद सिर्जना गर्ने र कसैलाई पनि अगाडी जान नदिने, राम्रा काम गर्नेलाई रोक्ने, भ्राम फैलाउने र अन्तमा विभाजन समेत गराउनेहरुको कमि छैन। यो पटक सोहि गुट र समाजमा दुर्गन्ध फैलाउने कचाराको सिकार यो समिति भएको छ।

सोहि प्रसङ्गमा संघका अध्यक्ष कृष्णा राज गिरीले हलिउड खबरलाइ प्रादन गरेको सूचना यहाँ दुरुस्तै पोष्ट गरिएको छ।

फेसबुकमा आएको भ्रामक प्रचारको भ्रममा नपर्नु हुन हार्दिक अनुरोध;

आदरणीय दिदीवहिनी तथा दाजुभाइहरु, सल्लाहकार ज्यूहरु, पदाधिकारी ज्यूहरु, कार्य समितिका सदस्य ज्यूहरु जय नेपाल;

भर्खरै सामाजिक सञ्जाल फेसबुकमा संखुवासभा अमेरिका जनसम्पर्क समिति अमेरिकाको नयाँ संयोजकमा कसैलाई चयन गरिएको भन्ने भ्रामक स्टाटस प्रती यो संस्थाको ध्यान आकर्ण भएको छ। यो कपोल कल्पीत, भ्रामक, अनर्गल, अप्रजातान्त्रीक तथा गैरकानुनी अभिव्यक्ति हो। यो अभिव्यक्तिलाइ जति भर्त्सना गरे पनि कमै हुन जान्छ।

यस सन्दर्भमा हिजो जनवरी १८, २०२१ मा साँझ ६ बजे सुरु भएको जुम मिटिङमा सबैले बोल्न सक्किएपछि सभापतिको मनतव्य आयो। त्यसपछि पनि सभापतिले सबैको जिज्ञासाको प्रतिउत्तर दिसकेपछि सभापतिद्वरा जुम मिटिङ समाप्त भएको घोषणा भएको थियो। उक्त मिटिङ अवधि भरि कसैलाई यस संस्थाको संयोजक बनाएको छैन। बिधानत पनि गैरकानुनी हुन्छ। यो संस्थाको अधिकारीक अध्यक्ष म, कृष्ण राज गिरी नै हो। नयाँ संयोजक चयन गरिएको भन्ने कुराको भ्रममा नपर्न हुन अनुसोध छ।

संखुवासभा अमेरिका जनसंम्पर्क समितिको नाममा अमेरिकाको कानुन अनुसार क्यालीफोर्निया राज्यमा दर्ता भएको संस्थाहो। यो संस्थालाई 501(C)(3) Nonprofit Organization मा लानलाई कानुनी व्यवसायी मार्फत अगाडी बढाइएकोमा IRS बाट संस्थाको 501(C)(3) स्वीकृत पत्र प्राप्त भएको संस्था हो। यसको बिधान अनुसार सञ्चालन गर्नपर्ने अमेरिकाको कानुनी व्यवस्था छ।

कृष्ण राज गिरी

सभापति

संखुवासभा अमेरिका जनसम्पर्क समिति अमेरिका

जनवरी १९, २०२१