-सांकेतिक तस्विर

बिरामी बोकेको गाडी अरुण नदीमा खस्दा ६ जना बेपत्ता

Hollywood Khabar September 16,2019 Comments

१असोज,संखुवासभा।संखुवावासभामा  बिरामी बोकेको गाडी अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्।खाँदबारीबाट बिरामी लिएर गएको को १ ज ३७४९ नम्बरको बोलेरो गाडी धर्मदेवी नगरपालिकास्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा  ६ जना बेपत्ता भएका हुन् ।

दुर्घटनामा परि नदीमा खसेर बेपत्ता हुनेमा गाडी चालक सन्तोष विक ,खाँदबारी–९, का प्रमेश थापामगर र उनकी भाउजु कल्पना थापामगर बिरामी दुई महिनाको बच्चा समिर श्रेष्ठ, उनका बुबा आमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ रहेका छन्। बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटाना भएको हो।