NRNA NCC USA, President Candidate 2019-2021

NRNA NCC USA: संजय थापाको उम्मेदवारी घोषणा मार्च १० न्यूयोर्कमा

Hollywood Khabar March 06,2019 Comments

कृष्ण के सी/अमेरिका/३/७/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा बोर्ड सदस्य संजय थापाले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गर्न न्यूयोर्कमा एक पत्रकार सम्मेलनको आयोजना गरेका छन्।

थापाले हलिउडखबरलाइ पठाएको पत्रकार सम्मेलनको निमन्त्रणा अनुसार पत्रकार/संचारकर्मीहरुलाई मार्च १०, २०१९ का दिन सांझ ६:३० बजे, न्यूयोर्ककमा उपस्थ्ति भैदिन अनुरोध गरेका छन्। निमन्त्रणामा थापाले संचार गृह/मिडियाहरुलाई प्रचार-प्रसारको लागि समेत स्थान दिन अनुरोध गरेका छन्।

पत्रकार सम्मेलनमा संजय थापाका प्यानलका धेरै उम्मेदवारहरु समेत उपस्थित रहनेछन। थापाले हलिउडखबरसँगको कुराकानीमा आफ्ना प्यानलका उम्मेदवारहरुले खुलेर आफूलाइ पनि समर्थन गर्नेछन र आफूले पनि उनीहरुलाई इण्डोर्श गर्ने कुरा बताए।

थापाले भने- यो कुनै भगवानको जस्तो मलाइ पूजा गर, समर्थन गर, मलाइ भोट माग, मेरो प्रचार गर तर म तिमीहरुलाई इण्डोर्श भने गर्दिन चुप बस्छु र प्रसंसा खान्छु भन्ने कुरा सहि होइन। टिमको कुरा भएकोले आपसमा सपोर्ट र समर्थन हुनुपर्छ। म मेरो टिमका सबै उम्मेदवारको खुलेर प्रचार र इण्डोर्श गर्छु थापाले भने।

थापाको फुलफ्लेजको प्यानलको नाम भने केहि हप्ता पछि मात्र प्राप्त हुनेछ। यो पटक हामी च्याप्टर देखि नै प्यानल मिलाउँदैछौं थापाले भने। बिशेष गरेर प्रवासी मंच अमेरिकाकाले संजय थापालाई सपोर्ट गर्दै गरेको भएता पनि उनको प्यानलमा सबैखाले व्यक्तिहरुको प्रतिनिधित्व हुनेछ थापाले भने।

थापाका उम्मेदवारहरुमध्ये उपाध्यक्षका लागि बलिया मानिने बाला घिमिरे एक हुन्। सिकागो निवासी सफल ब्यबसायी घिमिरेले यस पहिला नै उपाध्यक्षका लागि उम्मेद्वारी घोषणा गरिसकेका छन्।

त्यसैगरी पश्चिम क्षेत्रबाट उपाध्यक्षका लागि उम्मेदवार भएका क्यालिफोर्निया राज्य च्याप्टरका वर्तमान अध्यक्ष राम बाबु पाण्डे पनि थापाको प्यानलका उपाध्यक्षका लागि अर्का उम्मेदवार हुन् भनिन्छ।