https://www.youtube.com/embed/nd0iKRUA_XA

सङ्गीता उप्रेतीको कसैले गरेको भूल

Hollywood Khabar January 04,2018 Comments

नेपाली सङ्गीत र अभिनयका क्षेत्रमा एउटा फरक किसिमको उपस्थिति अभिनय र सङ्गीतका माध्यमाबाट केवल मरोरञ्जन मात्र नभएर समाज र राष्ट्रको अबस्थालाई समय सापेक्ष परिबर्तण गर्न केही सन्देश दिन सधै उद्धत कलाकारको नाम हो सङ्गीता उप्रेती रिजाल।
अमेरीकामा बसोबास गर्दै आउनु भएकी सङ्गीता उप्रेतीले हालै निकै मार्मिक चेतना मूलक सन्देश बोकेको म्युजिक भिडियो "कसैले गरेको भूल हुँ।" सार्बजनिक गर्नुभएको छ। अहिलेको चर्चित र ब्यस्त गायिका अञ्जु पन्तको सुमधुर आवाजमा स्वरबद्ध यो गीतका शब्दहरु सङ्गीता उप्रेतीद्वारा रचिएका हुन। किरण कडेलको सङ्गीत रहेको यो भिडियोको निर्देशक समन अधिकारीको हो।
दिपेन्द्र थपलियाद्वारा छायाङ्कन गरिएको यस म्युजिक भिडियोमा गीतकार सङ्गीता उप्रेती रिजालको दमदार अभिनय रहेको छ। बालकलाकार श्रीनिति रिजालको अभिनयले भिडियो हेर्ने हर कोही दर्शकको आँखा भिज्दछ। सङ्गीता उप्रेती रिजाल, श्रीनिति रिजाल लगायत सबै कलाकारको शसक्त अभिनयले म्युजिक भिडियो समग्रमा सफल छ भन्न सकिन्छ। बिशेषत: सामाजिक चेतनामुलक सन्देश प्रवाह हेतु निर्माण गरेको यो म्युजिक भिडियोले नेपाली समाजको नारीप्रति गरिने आडम्बरी ब्यबहारको बडो शालिन प्रतिकार गरेको छ।बधाई तथा सुभकामना गीतकार सङ्गीता उप्रती रिजाल र समग्र टिमलाई।