NRNA: संगीता लम्साल सुवाकोटी अमेरिकाजको महिला उपसंयोजक उम्मेदवार

Hollywood Khabar October 06,2017 Comments

कृष्ण के सी/अमेरिका
गैर आवासीय नेपाली संघको ८ औं विश्व सम्मेलन तथा अधिवेशनबाट २०१७-२०१९ कार्यकालमा निर्वाचित नेतृत्वमा धमाधाम आकांक्षीहरु देखिएका छन्। यसै क्रममा अमेरिकाज क्षेत्रका लागि महिला उपसंयोजकमा अमेरिकाकी संगीता लम्साल सिवाकोटी उम्मेदवार हुनुभएको छ।
सिवाकोटी संघको एनसीसी अमेरिकाको २०१५-२०१७ कार्यकालमा निर्वाचित सहसचिव हुनुहुन्थ्यो। लस एन्जलस बस्दै आउनु भएकी सिवाकोटीले आफ्नो उम्मेदवारी घोषणा गर्दै आफु निरन्तर सेवामा लागि पर्ने कुरा पनि जनाउनु भएको छ।
घोषणाको प्रति
आदरणीय ग़ैरआवासीय नेपाली दिदी-बहिनी तथा दाज़ु-भाइहरूमा मेरो नमस्कार;
गत १५-१७ को अमेरिकाको निर्वाचनमा सह-सचिव पदमा यहाहरूकै सदभाव र सहयोगले बिजय गराउनुभयो।यसै जीतलाइ मैले मूल आधार मानी नेपाल र नेपालीको लागी विभिन्न क्षेत्रमा समाज सेवा गर्दै अमेरिका देखी नेपाल सम्म सेवा गर्ने ठुलो मौक़ा मिल्यो। मेरो समाजसेवा गर्ने रुचि र यहाहरुको सल्लाह, आग्रह र अनुरोधलाई आत्मसाथ गर्दै आउँदै गरेको अक्टुवर १४ देखी १७ म हुने ८ औ NRNA विश्व सम्मेलनमा हुन गइरहेको निर्वाचनमा अमेरिकाज क्षेत्रको लागि क्षेत्रीय महिला उपसंयोजकमा मेरो उम्मेदवारीको घोषणा गर्दछु।
फेरी पनि यहाहरूको म प्रति सहयोग र सदभाब रहीरहयो भने अत्याधिक बहुमतले विजय हुनेछु भन्ने बिश्वाशका साथ सहयोगको आशा गरेकी छु।
संगीता लम्साल सिवाकोटी
सह-सचिब २०१५-२०१७ 
उम्मेदवार क्षेत्रीय महिला उपसंयोजक अमेरिकाज
ग़ैर आवासीय नेपाली संघ
फ़ोन नम्बर: ९८०३७७७७८३