-Krishna KC

त्यो पागल

Hollywood Khabar May 27,2020 Comments

-कृष्ण के सी, अमेरिका, अप्रिल १४, २०१६

बाइबल घोकेर बेदको ब्याख्या खोज्छ
दाग्बतीको अन्तिम भेटी टपक्क टिप्छ
मसानको मुर्दामाथि संपति खोज्छ
आफुलाई पबित्र गर्न प्रार्थना गर्छ त्यो पागल !

नरकंकाल ढाडमा बोकेर योगा गर्छु भन्छ
पबित्र आत्माको नाममा होली वाइन तान्छ
पायो भने लिण्डो देखि पिण्डो सम्म निल्छ
उल्टो ऐना हेरेर सुल्टो छु भन्छ त्यो पगाल !!

सुँगुरले झैँ नालीमा फाली जोतेर हिंड्छ
कोइलीको स्वरले गिद्द बनेर सिकार गर्छ
ब्वाँसोले जस्तै पछाडीबाट कन्याउँदै टोक्छ
मुर्दाको नाममा भेटी जम्मा गरि निल्छ त्यो पागल!!!

ललितपुरमा रथ पनि तान्न पुग्छ
नुवाकोटमा साँढेसँगै दौडन पुग्छ
चितवनमा हात्तीपोलो कुदाउन पुग्छ
झापामा सुपारी टोक्न पूर्वेली हुँ भन्छ
गोर्खालीको कोर्काली सभामा समृद्धिको टुक्का हान्न पुग्छ त्यो पागल !!!!

पाउने भए बकुल्लोलाइ जितेर कुर्छ
दान लिनलाई हाइनालाइ माथ गर्छ
पाउने भए गोकुले र आइजीलाइ पनि बलि दिन्छ
ओ माइ गश: होसियार; खबरदार!
अलकत्रा पिएर कात्रो चोर्न सक्छ त्यो पागल !
**कृष्णार्पण !