-मुख्यमन्त्रीको टिम

गण्डकी प्रदेश सरकारले  संविधान दिवसको अवसरमा मैत्रीपुर्ण भलिवल खेलायो  

Hollywood Khabar September 17,2019 Comments

२असोज, पोखरा।संविधान दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले मैत्रीपुर्ण भलिवल खेलाएको छ।ससस्त्र प्रहरी गण पार्दीमा भएको मैत्रीपुर्ण भलिवलमा बुधबार भएका तिन वटा खेल अन्तर्गतको पहिलो खेलमा मुख्यमन्त्री टिम निजामति कर्मचारीहरुको टिमसंग २–१ सेटमा पराजित भएको छ ।मुख्यमन्त्रीको टिमबाट आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेत, मुख्यमन्त्रीका राजनितिक सल्लाहकार गोविन्द बहादुर नेपाली, सांसदहरु मोहन बस्नेत र मिन प्रसाद गुरुङ लगायत सहभागी थिए ।

तेस्तै निजामति कर्मचारीको तर्फबाट मुख्यमसचिव हरि प्रसाद बस्याल, प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरे मुख्यमन्त्री कार्यलायका उपसचिव डिल्लीराम सिग्देल लगायत सहभागी थिए ।त्यस्तै दोस्रो खेलमा पश्चिमाञ्चल खेलकुद संघले उद्योग बाणिज्य संघको टोलीलाई पराजितगर्दै २–० को सोझो सेटमा खेलकुद संघ विजयी भएको हो ।पत्रकार र कर्मचारीविच भएको  तेस्रो  खेलमा पत्रकारको टोली २–० को सोझो सेटमा पराजित भएको छ ।फाइनल खेल विहिबार पश्चिमाञ्चल खेलकुद संघ र निजामति कर्मचारी टिमवीच हुनेछ ।