-तस्बिर वेब

संवैधानिक परिषद्को बैठक स्थगित, अर्को बैठक पुस ५ मा

Hollywood Khabar December 10,2018 Comments

२५ मंसीर काठमाण्डौं।संवैधानिक परिषदको मंगलबार साँझ बोलाइएको बैठक पनि स्थगित भएको छ।यसअघि मंसिर १७ गते बसेको बैठक अनिर्णित भएपछि २२ गते बोलाइएको शनिबार परेपछि आज मंगलबार राखिएको बैठक पनि स्थगित गरिएको हो।

बैठक स्थगित भएसंगै प्रधानन्यायाधीश सिफारिस पर सरेको छ।प्रधानन्यायाधीशको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेता शेरबहादुर देउवाबीच छलफल हुन बाँकी रहेकाले बैठक स्थगित भएको बुझिएको छ। 

संवैधानिक परिषद्को अर्को बैठक पुस ५ गते बोलाइएको छ।नयाँ प्रधानन्यायाधीशका लागि चोलेन्द्रशमसेर जबरा र दीपकराज जोशीको नाम न्याय परिषदले संवैधानिक परिषदमा पठाएको छ।जोशी यसअघि संसदीय सुनुवाई समितिबाट अस्वीकृत भइसकेकाले चोलेन्द्र प्रधान न्यायधाधीश सिफारिस हुने सम्भावना छ।