-तस्विर वेब

सामाजिक संजालमा जथाभावी लेख्नेलाई  १५ लाख जरिवाना र पाँच वर्ष कैद हुने 

Hollywood Khabar June 11,2019 Comments

२९ जेठ, काठमाडौं।सामाजिक संजालमा घृणा तथा भ्रम फैलाएर लेख्नेलाई  १५ लाख जरिवाना र पाँच वर्ष कैद सजाय हुने भएको छ।सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे गठित उप–समितिले तयार पारेको प्रतिवेदनमा  सामाजिक सञ्जाल दर्ता, तथा सञ्जालमा जथाभावी लेख्नेलाई कारवाहीलगायतका विषय राखिएको छ। विधेयकको दफा ९४ को उपदफा (१) को ‘ग’ मा सामाजिक सन्जालबाट व्यक्तिलाई जिस्काउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने, धम्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने वा प्रापकलाई भ्रमित पर्ने आशयले सन्देश सम्प्रेषण गर्न नहुने उल्लेख छ।

कसुरदारलाई १५ लाख रुपैयाँसम्म जरिवानावा पाँच वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था प्रस्तावित विधेयकमा छ।प्रतिवेदनले सूचना प्रविधिको विकास र त्यसबाट आउन सक्ने जोखिम न्यूनिकरणमा सचेत हुने व्यवस्था राखी संयोजक सांसद बिनाकुमारी श्रेष्ठको नेतृत्वमा गठित समितिले आज प्रतिवेदनलाई पास गरेको हो।संसदको विकास तथा प्रविधि समितिले गत चैत १८ गते उप–समिति गठन गरेको थियो। उप–समितिले १६औं बैठकबाट प्रतिवेदन तयार पारेको हो। यो प्रतिवेदन अब पूर्ण समितिमा पेश हुनेछ ।

विधेयकमा समाजिक सञ्जालमा अंकुस लगाउने गरि ल्याउन लागेको भन्दै नेपाली काग्रेसका सांसद बहादुरसिंह लामाले विरोध गरेका छन्।विधेयकको ५५ वटा दफामा २७ जना सांसदले संसोधन प्रस्ताव हालेका थिए।उप–समितिमा अनिल झा, इन्दु शर्मा, केदार सिग्देल, राजेन्द्र लिङदेन, गौरी शंकर चौधरी, मिनाक्षी झा र प्रभु शाह सदस्य छन्।