-पत्रकार अर्जुन गिरी

ठगीको समाचार लेख्दा पत्रकार गिरी साइबर अपराधमा पक्राउ

Hollywood Khabar April 14,2019 Comments

 २,बैशाख,पोखरा।जग्गा विवाद सम्बन्धी समाचार लेखेको आधारमा पत्रकार अर्जुन गिरीलाई प्रहरीले साइबर अपराध गरेको अभियोगमा पक्राउ गरेको छ।व्यवसायी विपीन (विपेन्द्र) बतासले जग्गामा ठगी गरेको समाचार लेखेका गिरीलाई  साइबर अपराध गरेको अभियोगमा सोमबार बिहान ११ बजे पोखराबाट पक्राउ गरी काठमाडौं लगिएको ल्याइएको हो।ताण्डव न्युज साप्ताहिक र ताण्डवन्युज डटकममा सम्पादक गिरीले विपीन बतासले दुईजनाबाट ४ करोड २३ लाख रुपैयाँ ठगी गरेको समाचार प्रकाशन गरेका थिए।

विपीनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा अर्जुनविरूद्ध साइबर अपराध गरेको भनी उजुरी गरेको आधारमा अदालतबाट पक्राउ पुर्जी जारी गरी कास्की प्रहरीले गिरीलाई सोमबार काठमाडौं लगेको छ।विपीनविरूद्ध ठगीबारेको उजुरी कास्की प्रहरीमा परेको छ। अर्जुन सम्पादित अनलाइन र पत्रिका सूचना विभाग र प्रेस काउन्सिलमा दर्ता छ। तर दर्ता नभएको आरोप सीआईबीले लगाएको छ।