El Salvador को TPS को म्याद १८ महिना पछि समाप्त हुँदै, २ लाख प्रभावित

Hollywood Khabar January 08,2018 Comments

कृष्ण के सी/अमेरिका
८ जनवरी २०१८ का दिन Secretary of Homeland Security Kirstjen M. Nielsen ले El Salvador को लागि प्रदान गरिएको Temporary Protected Status (TPS) को अर्को म्याद थप नगर्ने निर्णयको जानकारी गराउनु भएको छ।
सेक्रेटरी Nielsen ले El Salvador को पछिल्लो अवस्थाको रिपोर्टका आधारमा अब सो सुविधा प्रधान गर्नु नपर्ने देखिएकाले यस्तो निर्णय गरिएको कुरा बताउनु भएको छ। सन् २००१ मा El Salvador मा गएको भूकम्पका कारण प्रदान गरिएको El Salvadoran को TPS आगामी सेप्टेम्बर ९, २०१९ अर्थात १८ महिना पछि समाप्त हुनेछ।
यसका कारण अमेरिकामा २ लाखको हाराहारीमा रहेका El Salvadoran लाइ १८ महिना भित्रमा कि त कानुनी उपाय गर्नुपर्ने या अमेरिका छोड़नुपर्ने बिकल्प हुनेछ। यस अघि ट्रम्प प्रशासनले तीन देशका लागि प्रदान गरिएको TPS बन्द गरेको छ।
बिशेष गरि वाशिंगटन, लस एनजलस, सान फ्रान्सिस्को, न्यूयोर्क, ह्यूस्टन लगायतका शहरहरुमा El Salvadoran को घना-बस्ति रहेको कुरा बताइएको छ। एक जानकारी अनुसार ६.२ मिलियन El Salvadoran को जिविका अमेरिकाको रिमिटेन्सबाट चल्दछ।
TPS प्राप्त सुविधा प्राप्त गरेका बाँकी देशहरुमा Nepal, Somalia, Syria र Yemen छन।