तस्बिर वेब

सल्लाह नगरी भैंसी बेचेको भन्दै छोराले गरे आमाको हत्या

Hollywood Khabar July 08,2019 Comments

२४ असार,बिरगंज।आफूसँग सल्लाह नगरी भैंसी बेचेको भन्दै बिरगंजमा एक छोराले आमाको हत्या गरेका छन्।बिरगंज महानगर पालिका - २४ रामगढवाको नयाँवस्तीमा ४० वर्षीया शोभा देवी यादवको उनका छोरा २० वर्षीय गुड्‍डु यादवले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। 

भैंसी बेचेको विषयमा मङगलबार दिउँसो आमा छोराबीच विवाद भएपछि आक्रोशमा आएका गुड्‍डुले आमा शोभा देवीको घाँटी र अनुहारमा धारिलो फलामको हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।