-विश्वमानै दुर्लभ मानिएका शालिग्राम

विश्वमा नै दुर्लभ मानिएका १ सय ८५ वर्ष पुरानो नृसिंह शालिग्राम चोरी 

Hollywood Khabar February 16,2019 Comments

६फागुन,पर्वत।पर्वतको मोदीवेनीधामस्थित नृसिंह मन्दिरबाट पुरातात्विक महत्वका शालिग्राम चोरी भएको छ।कालीगण्डकी तटमा रहेको यो मन्दिरमा विश्वमा नै दुर्लभ मानिएका १ सय ८५ वर्ष पुरानो नृसिंह (सिंह आकृतिको) शालिग्राम रहेको थियो ।नृसिंह शालिग्राम सहित् मन्दिरमा राखिएका अन्य ४८ शालिग्राम पनि चोरी भएका छन् ।

शालिग्राम संगै मन्दिरमा राखिएको दानपेटिका पनि नगद,शालिग्राममा जल चढाउने पुरानो शंख पनि चोरी भएको छ। बाँकी ११ वटा शिलाहरु भने मन्दिरमा नै छन् ।बिहान पुजा गर्ने क्रममा मुल मन्दिर (नृसिंह) मा जाँदा फलामे ढोकाको चाबी काटिएको थियो, त्यसपछि चोरी भएको थाहा भएको पुजारी टिकारामदास वैरागीले बताए।मन्दिरबाट ४९ वटा साना ठुला शालिग्रामहरु चोरि भएका छन्।श्रीकृष्णगण्डकी (कालीगण्डकी) नदीको तट तथा मोदीखोलाको संगममा रहेको यस मन्दिरको स्थापना १९८० मा भएको र विश्वमै नपाईने अनौठा शालिग्रामहरु यो मन्दिरमा अभिलेख गरिएका थिए ।