-उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिमको समुद्‍घाटन

उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिमको समुद्‍घाटन

Hollywood Khabar March 28,2021 Comments

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा, काठमाडौंले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको सिसं ६, उच्च स्तरीय सुरक्षा (Advanced Course on National Security) तालिमको २०७७ चैत्र १६ गते शुभारम्भ कार्यक्रम सपन्न भएको जनाएको छ।

शिवपुरीस्थित श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सो कार्यक्रम बलाधिकृत रथी प्रभुराम शर्माले उक्त कार्यक्रम शुभारम्भ गरेको कुरा पनि सोहि विज्ञप्तिमा उल्लेख गरिएको छ। समारोहमा समुद्‍घाटन मन्तव्य राख्‍दै बलाधिकृत रथी शर्माबाट यस प्रकारको उच्च तहको तालिमबाट सहभागीहरुमा राष्ट्रिय सुरक्षा सम्बन्धी विविध विषयहरुमा बिस्तृत रुपमा ज्ञान प्राप्त

हुने बिश्वास लिएको जनाइएको छ।

कार्यक्रमको शुरुवातमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले स्वागत मन्तव्य राख्नु भएको थियो । मिति २०७७ चैत्र ३१ गतेसम्म सञ्चालन हुने यस तालिममा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा सुरक्षा निकायहरुका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरु, विश्‍व विद्यालय तथा शिक्षण संस्थाहरु, नेपाल रेडक्रस सोसाइटी तथा राष्ट्रिय समाचार समितिका गरी जम्मा २७ जना शिक्षार्थीहरुको सहभागीता रहेको छ। उक्त समुद्‍घाटन समारोहमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा सुरक्षा निकायका विशिष्ट व्यक्तिहरु, नेपाली सेनाका रथीवृन्द, विभिन्न विषयविज्ञहरु, बुद्धिजीवीहरु, सञ्चारकर्मीहरु एवं सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो।
अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थिती तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयहरु समावेश गरी संचालन गरिने यस्तो तालिमबाट विभिन्न सरोकारवालाहरुबीच सुरक्षा सम्बन्धि विषयहरुमा साझा समझदारीको विकास हुने, सहकार्यको वातावरण विकास हुने तथा नीति निर्माण कार्यमा टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।