-सैनिक वार कलेजमा हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम

सैनिक वार कलेजमा हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको शुभारम्भ

Hollywood Khabar March 18,2019 Comments

बलाधिकृत रथी हेमन्त राज कुँवरले नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन भएको सि.सं.६ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको २०७५ चैत्र ०५ गते एक विशेष समारोहका बीच शुभारम्भ गर्नुभएको छ । उक्त तालिममा २५ जना महा सेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको छ।

बलाधिकृत रथी कुँवरले तालिममा सहभागी शिक्षार्थीहरुलाई सम्बोधन गर्नुहुँदै यस किसिमका तालिमले नेपाली सेनाको विभिन्न तहमा मात्र नभई बहुर्राष्ट्रिय वातावरणमा समेत कमाण्ड तथा स्टाफ नियुक्तिमा काम गर्न सक्ने जेष्ठ अधिकृतहरु तयार पार्न र विषम परिस्थितिको मुल्याँकन गरी जटिल अपरेशनल वातावरणमा समेत प्रभावकारी निर्णय हासिल गर्न सक्षम बनाउन मद्धत पुग्ने विचार व्यक्त गर्नुभएको थियो ।

सोहि क्रममा उहाँले राष्ट्रिय सुरक्षाको दृष्टिकोणले नेपालको सुरक्षा चुनौतिको विश्लेषणको लागि पेशागत चुस्तताको साथमा उच्च सैनिक संस्कार र मान्यताको थप विकासको निमित्त समेत यस किसिमको तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उक्त समारोहमा नेपाली सेनाका बहालवाला रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।