-अलपत्र सडक

२ बर्षमा सक्नुपर्नेबाटो ७ बर्षमा नसक्दा शैलुङ्ग कन्ष्ट्रक्सनबिरुद्द आन्दोलन 

Hollywood Khabar April 13,2019 Comments

२,वैशाख,भक्तपुर।शैलुङ्ग कन्ष्ट्रक्सनले दुई बर्षमा निर्माण सक्नुपर्ने सडक ७ बर्षमा पनि नबनाएपछि नगरकोटका स्थानीयले संघर्ष समिति गठन गरि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।भत्केकोपार्टी–नगरकोट सडक पिडित २ सय ५१ सदस्यिय संघर्ष समितिले एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी–खरिपाटी–तेलकोट–नगरकोट खण्डको ४० किमी सडक निर्माण दुई बर्षमा निर्माण सक्नुपर्नेभएपनि  शैलुङ्ग कन्ष्ट्रक्सनले ७ बर्ष सम्म निर्माण अलपत्र बनाएपछि स्थानीय आन्दोलित बनेका हुन् ।

संघर्ष समितिले आफ्नो संघर्षको कार्यक्रम अन्र्तगत नगरपालिका, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, प्रदेश सरकार, संघ तथा प्रदेश सांसद, शैलुङ्ग कन्ष्ट्रक्सनको प्रोपाइटर सारदा अधिकारी, आयोजना कार्यालय, भौतिक योजना तथा निर्माण मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

व्यवसायीले तत्काल निर्माण कार्य अगाडि नबढाए धर्ना, जुलुस र सडक नाकाबन्दी गर्नेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको संघर्ष समितिका संयोजक राजकुमार लामिछानेले जानकारी दिनुभयो ।नगरकोट सडकका पिडितहरुले निर्माण व्यवसायीको लापरवाहीका कारण धुलो, धुवा, हिलो र खाल्डाखुल्डाीका कारण जनजिवत प्रभावित बनेको भन्दै आन्दोलनको बिकल्प नभएको बताएका छन् ।