२०७७।०९।२३ गते (७ जनवरी २०२१) का दिन बेलकोटगढि नगरपालीका, सानिमा बैंक बाघखोर शाखा र नुवाकोट उद्योग वाणिज्य संघबीच र बेलकोटगढि नगरपालीका, ज्वति विकास बैंक रातमाटे शाखा र नुवाकोट उद्योग वाणिज्य संघबीच मा नेपाल राष्ट्र बैंकद्वारा जारी सौलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्वन्धि एकिकृत कार्यविधि २०७५ (तेस्रो शंशोधन २०७७ बमोजिम एक संझौता गरिएको छ।
बेलकोटगढि नगरपालीका क्षेत्रका उद्यमी व्यवसायिको लागि उद्यमशिल कर्जा बेलकोटगढि नगरपालीकाको सिफारिसमा लगानी गर्ने तथा वैंकद्वारा लगानी गरिएका उद्यमीलाई बेलकोटगढि नगरपालीका तथा नुवाकोट उद्योग वाणिज्य संघले प्राविधिक सहयोग गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ। हस्ताक्षर कार्यक्रम नगरपालीकाको वैठक कक्ष बाघखोरमा सम्पन्न भएको थियो।
सम्झौतामा नगरपालीकाको तर्फवाट अध्यक्ष श्री राजेन्द्र रमण खनाल, नुवाकोट उद्योग वाणिज्य संघको तर्फवाट अध्यक्ष तारा वहादुर कार्की र वैंकहरुको तर्फवाट सानिमा बैंक बाट विदुर शाखा प्रवन्धक श्री मधु प्रकाश खतिवडा र ज्वति विकास बैंकको तर्फवाट बरिष्ठ अधिकृत राकेश डंगोलद्वारा हस्ताक्षर गरिएको छ।
यो सम्झौताको समयावधि नेपाल राष्ट्र बैंकबाट व्याज अनुदान कार्याविधिले तोके बमोजिम रहने वताईएको छ। हस्ताक्षरपछि नगरपालीका योजना सल्लाहकार कमल खनाल, नुवाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शरण उत्सुक सापकोटा, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा वहादुर कार्की, सानिमा बैंकको तर्फबाट हस्ताक्षर कर्ता शाखा प्रबन्धक, ज्वति विकास बैंकको तर्फवाट हस्ताक्षर कर्ता बरिष्ठ अधिकृत, नगर प्रमुख राजेन्द्र रमण खनाल लगायतले संझौताको बिषयमा चर्चा गरेका थिए।
नुवाकोट जिल्लामा यसको सुरुवात भने दुप्चेश्वर गाउापालीका र एभरेष्ट बैंकले गरेको थियो। त्यसैलाई रिप्लिकेट गर्दै विदु्र नगरपालीका र नेपाल बैंक लि, तादि गाउापालीका र कृषि विकास बैंकबीच संझौता भएका छन्।
सिफारिस
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता
दुइ उपनिर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता सुरु