सहिद परिवारलाई प्रदेश २ सरकारले भैंसी दियो 

0
shares

by Soni Sharma | Updated: 23 Jun 2019

68 views
-सहिद तथा घाइते परिवारलाई लेनो भैंसी

८असार,सप्तरी।प्रदेश २ सरकारले सहिद तथा घाइते परिवारलाई लेनो भैंसी दिएको छ।प्रदेश सरकारले मधेस आन्दोलनका सहिद परिवारका एक जनालाई रोजगारी र भैंसी बितरण गर्ने घोषणा गरे अनुसार सप्तरीको राजविराज ९ स्थित मलेठमा आइतबार आयोजित कार्यक्रममा भूमि व्यवस्थामन्त्री शैलेन्द्र साहले १४ सहिद र ६ घाइतेको परिवारलाई लैनो भैंसी वितरण गरेका हुन्।प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गोठ निर्माण गर्न नगद ३० हजार रुपैयाँ समेत दिइएको छ।