-सांकेतिक तस्विर

सहायक वन अधिकृत ३ लाख २६ हजार घुस सहित् रंगेहात पक्राउ 

Hollywood Khabar August 10,2019 Comments

२७ साउन,काठमाडौं ।अख्तियारले एक सहायक वन अधिकृतलाइ  ३ लाख २६ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले  वन कार्यालय, वीपीनगर डोटीमा कार्यरत आठौं तहका सहायक वन अधिकृत सुरेशचन्द्र डीसीलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।आयोगका सूचना अधिकारी टोपबहादुर विष्टले वन अधिकृत डीसीलाई आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, भाँत्काँडाको खाजा पसलबाट घुस रकमसहित नियन्त्रणमा लिएको जानकारी दिए ।