-तस्विर सुदर्शन रंजितबाट

केशबबहादुर थापाको अध्यक्षतामा सहारा क्लवको नयाँ कार्यसमिति चयन 

Hollywood Khabar September 15,2019 Comments

 
३१भाद्र,पोखरा।केशबबहादुर थापाको अध्यक्षतामा सहारा क्लब पोखराको नयाँ कार्यसमिति चयन भएको छ।सहारा क्लब पोखराको सोमबार साँझ सम्पन्न भएको २१ औं साधारण सभा तथा ११ औं अधिवेशनले पुनः केशबबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।यसअघिको कार्यकालमापनि अध्यक्ष रहेका थापाको अध्यक्षतामा आगामी दुई बर्षीको कार्यकालको लागि १३ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

क्लबको वरिष्ठ उपाध्यक्षमा पुनः हरिराम गुरुङ, उपाध्यक्षमा विश्वराज बराल, महासचिवमा रामजीप्रसाद अधिकारी, सचिवमा सुनिल राना मगर, कोषाध्यक्षमा पुनः राजु लालचन, सहकोषाध्यक्षमा विनु राना मगर चयन भएका हुन् । यस अघि बराल उपाध्यक्षमा रहेका थिए भने अधिकारी सचिबमा रहेका थिए । यस अघि विनु सदस्यमा थिइन ।त्यसैगरी सदस्यहरुमा पनुः रोजिना गुरुङ, पुनः तिलकबहादुर अधिकारी, पुनःज्योति केसी, पुनः सन्दीप सुवेदी, पुनः गंगाराज पौडेल र बिष्णु कार्की सर्वसम्वत रुपमा चयन भएका हुन ।