सगरमाथा म्युजिक अवार्ड २०७५ असोजमा भब्य रुपमा हुने

Hollywood Khabar July 17,2018 Comments

हलिउड खबरको लागि काठमाण्डौबाट
रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुन लागेको सगरमाथा म्युजिक अवार्ड २०७५ मा नेपाली कलाकर्मीहरुले सक्रिय रुपमा आफ्नो सहभागिता जनाइरहेको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ।

आवेदन फारम असार १ गतेबाट खुल्ला भएको र आगामी साउन ३१ गतेसम्म आवेदन फारम भरिसक्नु पर्ने संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए। अवार्ड आगामी असोजमा हुनेछ।

जुरी र भोटको आधारमा अन्तिम निर्णय हुने आयोजक संस्था रेस्पोन्सिभ मिडियाले जनाएको छ। नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराको साथ हुन लागेको यस अवार्डको गरिमा र विश्वसनियामा कुनै कमि हुन नदिने आयोजक संस्थाले जनाएको छ।

कला र सञ्चार क्षेत्रमा आबद्ध व्यक्तिहरुबाट सञ्चालित रेस्पोन्सिभ मिडिया प्रालिले गर्न लागेको यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र भजन विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन्।

सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।