-MT Everest, Nepal, Picture from google

सगरमाथा झन् अग्लो, अब आधिकारी रुपमा नयाँ इचाई ८, ८ ४८.८६ मिटर

Hollywood Khabar December 07,2020 Comments

सगरमाथाको उच्चाई पुन मापनले विश्वमा सर्वोच्च चुचुरो नेपालमा भन्दा गौरव मान्ने नेपालीका लागि फेरी पनि खुशीको खबर भएको छ। नेपालले पहिलो पटक आफ्नै योजनामा चीनको प्राविधिक सहयोग लिएर गरेको फिल्ड सर्वेक्षणले सगरमाथाको उचाइ बढेको बताएको छ।

मापन अनुसार सगरमाथाको उचाई ८८४८.८६ मिटर भएको छ। पहिलाको उचाइ भारतको सहयोगमा सन् १९५४ मा मापनको नतिजालाई अहिलेसम्म आधिकारिक मान्ने गरिएको थियो। नेपाल र चीनका सरकारी प्रतिनिधिहरुको भर्चुअल कार्यक्रमबाट डिसेम्बर ८, २०२० मंगलबार नयाँ उचाइ घोषणा गरिएको हो।