-लोगो

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आज ५ खेल खेलेर सकिदै 

Hollywood Khabar December 08,2019 Comments

२४मंसिर ,काठमाडौं ।१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)आज समापन हुदैछ।१३ औं साग अन्तर्गत  मंगलबार अन्तिम दिन विभिन्न ५ खेल काठमाडौंमा हुँदैछ ।सागमा मंगलबार फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वासको काठमाडौंमा प्रतिस्पर्धा हुनेछ ।साग अन्तर्गत पोखरा र जनकपुरमा आयोजना भएका सागका खेलहरु सकिसकेको छ ।पुरुष फुटबलको स्वर्ण पदकको लागि आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीच दिउँसो ३ बजे फाइनल खेल हुनेछ ।

तेस्तै पुरुष बास्केटबलको फाइनल त्रिपुरेश्वरस्थित कभर्ड हलमा भारत र श्रीलंकाबीच दिउँसो १ बजे हुनेछभने महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । त्यसअघि महिला बास्केटबलमा भुटान र माल्दिभ्सबीच तथा पुरुष बास्केटबलतर्फ नेपाल र बंगलादेशको तेश्रो स्थानको खेल हुनेछ ।तेस्तै बक्सिङमा अन्तिम दिन ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । नेपालले ५ स्पर्धामा फाइनल खेल्नेछ । 
 
तेसैगरी जुडोमा मंगलबार १ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा बिहान ९ बजेदेखि सुरु हुने खेलको फाइनल  दिउँसो १२ः३० मा सुरु हुनेछ ।तेस्तै स्क्वासको टिम स्पर्धाको फाइनल खेलमा पाकिस्तान र भारतले महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ कांस्य पदकका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ नेपाल र श्रीलंका कास्यको लागि खेल्नेछन् ।समापन कार्यक्रम साँझ ५ बजेदेखि सुरु हुनेछ ।